रामपुरमा युवा स्वरोजगार कार्यक्रम अनुगमन, व्यवसायमा उत्साहित बन्दै कृषक

  • अनुदान कार्यक्रमले कृषिमा युवाको जोँश जाँगर बढेको र व्यवसायबाटै राम्रो प्रतिफल लिएको पाइएको नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।
  • रामपुर (पाल्पा),  असोज

    पाल्पाको रामपुुर नगरपालिकामा संचालित युव स्वरोजगार कार्यक्रमको अनुगमन भएको छ । रामपुर नगरपालिकाको व्याज अनुदान सहयोगमा वडा नं ५, ६ र ७ मा संचालित तरकारी खेती, कुखुरापालन, गाईभैसीपालन, बंगुरपालन व्यवसायको अनुगमन भएको छ । नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयको संयोजकत्वमा अनुगमन भएको हो ।

    रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने, वडा नं ५ का अध्यक्ष हिमाल मल्ल, वडा नं ७ का अध्यक्ष तिर्थप्रसाद पंगेनी, रामपुर नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञवाली, पशु सेवा शाखा प्रमुख तुल्सिराम काफ्ले, रामपुर नगरपालिका वडा नं ५ का वडा सचिव महेश भट्टराई, ६ का सचिव बासुदेव ढकाल, ७ का सचिव धनेन्द्र खनाल, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।

    विदेशबाट फर्केका, विदेश जान लागेका र गाउँमै बसेर तरकारी, पशुपालन, कुखुरापालन, फलफुल खेती गर्ने युवालाई नगरपालिकाले व्यवसाय गर्न दुई वर्षसम्म व्याज अनुदान दिएको छ । व्याज अनुदान लिएर संचालन गरेका व्यवसायको अनुगमन गर्ने कार्य भएको हो । साथै आगामी अनुदान कार्यक्रममा छनौटमा परेका व्यवसायको पनि अनुगमन गरिएको छ । नगरपालिकाले गएको वर्ष देखि व्यवसाय गर्न ईच्छुक युवालाई रु चौध लाख सम्म व्याज अनुदान कार्यक्रम संचालन गरिरहेको छ । अनुदान कार्यक्रमले कृषिमा युवाको जोँश जाँगर बढेको र व्यवसायबाटै राम्रो प्रतिफल लिएको पाइएको नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

    “व्याज अनुदान दिएपछि युवाले सही ठाउँमा लगानी गरेर राम्रो व्यवसाय चलाउनुभएको छ, नगरपालिकाले समय समयमा अनुगमन गर्ने गरिरहेको छ, व्याज अनुदान दिन सुरु गरेपछि रामपुरमा तरकारी, पशुपालन, कुखुरापालन, बाख्रापालन, फलफूल जस्ता व्यवसाय गर्ने क्रम बढ्दो छ” पाण्डेयले भन्नुभयो ।

    रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले नगरपालिकाले कृषिबाटै आत्मनिर्भर बनाउन कृषिका कार्यक्रममा जोड दिएको बताउनुभयो ।

    उहाँ भन्नुहुन्छ, “कृषकलाई व्यवसाय संचालन गर्न सजिलो होस् भनेर नगरपालिकाले व्याज अनुदान कार्यक्रम सुरु गरेको हो, यो कार्यक्रम प्रभावकारी रुपमा संचालन भइरहेको छ, व्यवसाय गर्न कस्सिएका युवालाई दुई वर्षसम्म बैंकबाट लिएको ऋणको व्याज नगरपालिकाले बुझाउने गरेको छ” । व्याज रकम नगरपालिकाले बुझाइदिने भएपछि कृषकलाई व्यवसाय थालनीमा ऋणको बोझ कम परेको कालिका भैसीपालन फार्मका संचालक बोधराज ढुंगानाले बताउनुभयो । उहाँले भैसीफार्म संचालनका लागि नगरपालिकाबाट रु आठ लाख रकमको व्याज बुझाउने भएपछि व्यवसाय संचालन गर्न सजिलो परेको बताउनुहुन्छ । वडा नं, ५, ६ र ७ मा संचालित विभिन्न व्यवसाय गरी २१ वटा व्यवसायको अनुगमन भएको छ .

    © 2024 krishipatra All right reserved