प्याजमा कालोबजारी गर्दै व्यपारी, एकै दिन ४० रुपैयाँ बढाएर प्याज विक्रि

बुटवल, भदौ ।
भारतले नेपालमा प्याज निर्यात बन्द गर्ने भएपछि नेपालमा व्यापारीहरुले यसको भाउ बढाएका छन । कालोबार गर्न पल्कीएका केही सिमित व्यापारीहरले एकै दिन प्याजको मुल्य मा ४० रुपैयाँ बढाएको पाइएको छ ।
केही सिमित व्यापारीहरुको कब्जामा रहेको प्याजको व्यापार तिनै समिति व्यापारीहरुले खुद्रा विक्रितालाई बढाएर विक्रि गर्ने र खुद्रा व्यापारीहरुले अझ बढि मुल्यमा विक्रि गर्ने गरेको कारण मुल्यमा बृद्धि भएको हो ।
नेपालमा अझै प्याजको अभाव देखिएको छैन । तर स्टकमा भएको प्याजलाई समेत लुकाएर व्यापारीहरले प्याजको मुल्य बढाएका छन ।
सोमबार बिहान नेपाली बजारमा प्याजको मुल्य प्रतीकीलो थोक ६५ रूपैयाँमा खरिद विक्रि भैरहेको प्याज बुधवार दिउँसो ९० पुगेपछी प्याजको कालोबजारी सुरू भएको खुलेको पुष्ठी भएको हो ।
भारतबाट प्याज निर्यात बन्द भएको हल्ला संगै उपभोक्ता लाई प्रतीकेजी ४० रूपया महङ्गोमा प्याज विक्रि भैरहेको पाइएको हो ।
नेपालमा कम उत्पादन हुने प्याज कुल खपदको ५ प्रतिशत मात्रै रहेको र अन्य सबै भारतबाट आयातग गर्नुपर्ने अवस्था भएको कारण भारतबाट आयात गर्नेुपर्ने र उसले नै मुल्य निर्धारण गर्ने भएको कारण बजार महंगीएको लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ बुटवलका अध्यक्ष बाबुराम भुषाल बताउँछन । ्
यसपाली भारतमा प्याज कम उत्पादन भएको र भारतीयको माग पुरा हुन नसक्ने भएको कारण भारतले प्याज निर्यातमा रोक लगाएको हुन सक्ने उनको अनुमान छ ।
रुपन्देहीमा मात्रै दैनिक ३ सय टन प्याज आयात हुने गरेको छ छ । यहाँ आयत भएको प्याज बुटबल, भैरहवा, पाल्पा, गुल्मी, स्याडजा पोखरा नाराणघाट काठमान्डौ सम्म जानेगरेको छ ।
नेपाली उत्पादनले करिव २ महिना सम्म थेग्ने भएको कारण भारतबाट आयात गुर्नको विकल्प नभएको लुम्बिनी फलफुल तथा तरकारी थोेक व्यवसायी संघका पुर्व अध्यक्ष केशव कुँवर बताउछन ।
यता, रूपन्देही का प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमीरेले कुनै बहानामा कसैले कालोबजारी गरे कृतिम अभाब गरे कारवाही गरिने जानकारी दिए । उनले भने–‘हामीले स्थानीय प्रसाशनका संमन्वयमा अनुगमन गछौ, बजार नियन्त्रण हुन्ँछ, कालोबवारी गर्नेलाई कारवाही हुन्छ । ’
बढि मुल्यमा प्याज बेच्नेलाई कारवाही
बुटवल उपमहानगरपालिकाले बजार अनुगमन गरी बढि मुल्यमा प्याज विक्रि गर्ने व्यवसायीलाई कारावाही गरेको छ । बुटवल उपमहानगरपालिकाको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन निर्देशिका २०७५ जारी गर्दै बजार अनुगमनका कामलाई व्यवस्थि गर्दै आएको छ ।
बुटवल उपमहानगरपालिकाको अनुगमन तथा उपभोत्ता हित संरक्षण समितिले बुटवलका खाद्यान्न एवम् किरानाका पसलहरुको अनुगमन गर्दै उपभोक्ता हीत विपरितको कारोबार गरेको पाइएका केही पसललाई बन्द गराएको छ । अनुगमनमा किराना पसलहरुमा लेवल विनाका अखाद्य बस्तुहरु बिक्री भएको र अस्वभाविक रुपमा मूल्य बढाएको पाइएको अनुगमन समिति संयोजक गुमादेवी आचार्यले जानकारी दिइन् । उनले अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको हित विपरीत भएका काम रोक्ने बताइन् ।
बुटवलको कान्ति स्कुल परिसरमा रहेको गोपीकृष्ण किराना, बुटवल संगमपथमा रहेको लालाजी किराना तथा बुटवल–६ स्थित कृषि उपज केन्द्रमा रहेका आशिल आलु भण्डार र इधान सप्लायर्समा उपभोक्ता हीत विपरितका कारोबार गरेको पाइएको अनुमगन टोलीले बताएको छ ।
व्यापारीले सामान खरिद गरेर लिएको मूल्यभन्दा धेरै नाफा खाएको पाइएपछि कारबाहीका लागि सिफारिस गरिएको आचार्यले बताइन् । किराना पसलहरुमा प्याजको खरिद मूल्य ४५ रुपैयाँ पाइएको र त्यसैको बिक्री मूल्य प्रतिकिलो एक सय २० रुपैयाँ सम्म लिएको पाइएको अनुमगन संयोजक आचार्यले बताइन् ।
ती सबै पसलहरुलाई बन्द गराइएको र थप कारबाहीका लागि मातहतका निकायमा सिफारिस गरिएको छ । लेवल नलगाएका विभिन्न उपभोग्य सामान अनुगमन समितिले जफत गरी नष्ट गर्ने भएको छ । यसअघि अनुगमन समितिले काजु, किसमिस, बदाम, ओखरको घाझि, चना लगाएका सामानहरु लेवल नलगाइ विक्रि गरेको भेटाएपछि नष्ट गरेको थियो ।अनुगमनका क्रममा जफत गरिएका सामानहरुलाई प्राविधिकहरुको थप परीक्षण पछि नष्ट गरिने बुटवल उपमहानगरका अनुगमन शाखा प्रमुख टोपलाल शर्माले बताए । अनुगमनमा उपप्रमुख आचार्यसंगै उपभोत्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक, खाद्य कार्यालय भैरहवाका पदमराज भुसाल, गुणस्तर तथा नापतौल कार्यालयका प्रकाश बस्नेत, बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष टंक पराजुली, वडा नं. ६ का अध्यक्ष जगदीशचन्द्र आचार्य, वाणिज्य कार्यालयका प्रमुख हरि शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, ईलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रशासन कार्यालयका प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो ।

© 2022 krishipatra All right reserved