जनाता माविमा डिप्लोमा तथा प्रि–डिप्लोमा तहमा पशु तथा बाली पशु विज्ञानमा भर्ना खुल्यो

बुटवल, भदौ ।कृषि तथा पशु विज्ञान तहमा डिप्लोमा लेवलको एक मात्रै सरकारी विद्यालय जनता माध्यमिक विद्यालय सियारी गाउँपालिका वडा नम्बर–७ अमुवा बजारमाा नयाँ शैक्षिक सत्र २०७७/७८ को लागि डिप्लोमा र प्रि– डिप्लोमा लेवलमा नयाँ भर्ना खुलेको छ । वि.स. २०६१ सालबाट प्राविधिक शिक्षाको सुरुवात गरेको विद्यालयले खासगरी दक्ष जनशक्ति उत्पादन र स्वरोजगारमा विशेष जोड दिदै आएको छ ।
प्रदेश ५ कै उत्कृष्ठ प्राविधिक विद्यालयको रुपमा रहेको उक्त विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीईभीटी)बाट सम्बन्धन प्राप्त गरी डिप्लोमा लेवलमा र प्रि–डिप्लोमा लेवलमा बाली तथा तथा पशु विज्ञान अध्यापन गराईरहेको छ ।
विद्यालयका अनुसार डिप्लोमा लेवलको ३ बर्षे वाली तथा पशु विज्ञान र १८ महिनाको प्रि–डिप्लोमा लेवलको (टेक्स कार्यक्रम)मा नयाँ भर्नाको खुलाएको हो ।

विद्यालयमा गरिएको प्रयोगात्मक च्याउ खेती ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद यहि भदौ २६ गते प्रकाशित सुचना अनुसार विद्यालयमा संचालित ३ वर्षे डिप्लोमा तह पशुविज्ञान तथा १८ महिनाको प्रि–डिप्लोमा तह वालीविज्ञान विषयको शैक्षिक शत्र ०७७÷०७८ का लागि भर्ना खुलाएको हो ।
विद्यालयको सिसटिईभिटी संयोजक सुमित भुषालका अनुसार फाराम वितरण यहि २६ गते देखि असोज १५ गते विहिवार सम्म रहेको छ । ३ बर्षको डिप्लोमा लेवलको कृषि तथा पशु विज्ञान अध्यनको लागि । एसईईमा अग्रेजी, गणीत दुई विषयमा ‘सी’ र अन्य कुनै एक विषयमा ‘डि’ ग्रेड ल्याएका फार्म भर्ना पाउनेछन । डिप्लोमा तहका लागि आवदेन फर्मको लागि विद्यार्थीहरुले ८ सय रुपैयाँ लाग्ने छ ।
प्रत्येक कार्यक्रममा ४०/४० जनाको मात्रै सिट रहेको भन्दै विद्यालयले छिटो भन्दा छिटो भर्ना हुनको लागि विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

विद्यालयले पालेको कुखुरा

टिएसएलसी(प्रि–डिप्लोमा)लेवलको १८ महिनाको वाली विज्ञान तथा पशु विज्ञान अध्यानको लागि ५ सय रुपैयाँ फारम शुल्क राखिएको छ । जसको लागि एसएलसीमा पास वा एसईईमा ‘ई’ग्रेड ल्याएका फार्म भर्नपाउँछन । विद्यालयले अगामी दिनमा सबै विद्यार्थीहरुले पढ्दै कमाउदै गर्ने गरी कार्यक्रम सञ्चालनगर्ने तयारी गरेको छ । खासगरी प्राविधिक धारका विद्यार्थीहरुले कमाउदै पढ्दै गर्दा व्यवहारिक ज्ञान समेत हासिल गर्न सकिने भएको कारण यस्तो कार्यक्रम ल्याउनलागिएको विद्यालयको सिटिईभिटी कार्यक्रम संयोजक सुमित भुषालले जानकारी दिनुभयो ।
विद्यालयले सिटिईभिटीका छोटो अवधीका कृषि तथा पशु सम्बन्धी तालिम समेत सञ्चालन गर्दै आएको छ।

© 2025 krishipatra All right reserved