प्रदेश ५ को कृषि मन्त्रालयले माग्यो १ सय ७७ जना कर्मचारी(विज्ञापन सहित)

  • प्रदेश सरकारको विज्ञापन
  • बुटवल, भदौ ।
    प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ठुलो मात्रामा कृषि प्राविधिक माग गरेको छ । मन्त्रालयले सूचना प्रकाशन गरी १ सय ७७ जना अधिकृत स्तर देखि सहायक र जेटिए सम्मका कर्मचारीहरु माग गरेको हो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले सञ्चालन गरिरहेको कोभिड विशेष कृषि कार्यक्रमका लागि ति कर्मचारीहरु करारमा माग गरिएको मन्त्रालयका अधिकृत ज्ञानहरी पन्थी  ले जाानकारी दिए । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ।
    प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको मन्त्रालयले जनाएको छ । कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ । शैक्षिक प्रमाणपत्रलाइ ५० प्रतिशत अंकभार दिएर प्रतिस्पर्धीको मूल्यांकन गरिने भएको छ ।
    यस्तो छ विज्ञापन यसरी गर्न सकिन्छ आवेदन

    पिडीएफ भर्जनको लागि यहाँ क्लिक गर्नुहोस

    पिडीएफ भर्जनको लागि यहाँ क्लिक गर्नुहोस

    DVT GORKHAPATRA 1 - Copy

    © 2024 krishipatra All right reserved