प्रदेश ५ भुमि आयोगको सदस्यमा नियुक्त क्षेत्रीलाई मनोनिय पत्र प्रदान

बुटवल, साउन । प्रदेश ५ सरकारको मन्त्रीपरिषद निर्णय बाट गठन भएको भुमि सम्बन्धी समस्या समाधान आयोग को सदस्यमा नियुक्ती भएका शोभाराम बस्नेत क्षेत्री लाई प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नियुक्ती पत्र प्रदान गर्नुभएको छ ।

मंगलापुरमा एक कार्यक्रमको आयोजना गरी भूमि सम्वन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ को दफा ३ को खण्ड (ग) वमोजिम प्रदेश सरकारले मनोनित गरेको तुल्सीपुर उपमहानगर पालिका वडा नं. ११ का शोभाराम बस्नेत क्षेत्रीलाई भूमि सम्वन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनय गरेको मनोनयन पत्र हस्तान्त्रण गर्नुभएको हो ।

साथै सोही अवसरमा मन्त्री आरती पौडेलले आफ्नो सेवा कालमा सकारात्कम सोँचका साथमा अगाडी बढ्नको लागि आग्रह गनुभएको थियो । । मनोनयन पत्र बुझ्दै क्षेत्रीले भूमि सम्वन्धी समस्या समाधान गर्न प्रदेश प्रतिनिधीको रुपमा महत्वपुर्ण भूमिका खेल्ने र प्रदेश सरकारप्रती प्रतिवद्ध रही निश्पक्ष, ईमान्दार र उत्तरदायी भएर प्रचलीत कानून वमोजिम काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

© 2024 krishipatra All right reserved