
बुटवल, साउन ।
प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालको आयोजनामा आर्थिक बर्ष २०७६÷७७ मा भएका कार्यक्रमहरुको समिक्षा गरिएको छ । कृषि विकास बैंकको तालिम केन्द्र, मङ्गापूर,मा आयोजना गरिएको समिक्षा कार्यक्रममा कृषि विकास निर्देशनालय, याम नारायण देवकोटाले कार्यालयले गरेको प्रगति विवरणको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उनले कृषिविकासनिर्देशनालय र मातहातका निकायहरुको उक्त आर्थिक बर्षमा भारित प्रगती ५७. ५२ प्रतिशत र वितिय प्रगति ४०. ४९ प्रतिशत रहेको उहाँको भनाई छ ।
कृषि विकास निर्देशनालय र मातहातका कृषि ज्ञान केन्द्रहरु, प्रयोगशालाहरु तालिम केन्द्रहरुले गत आर्थिक बर्षमा सञ्चालन गरेका कार्यक्रमहरुको समिक्षा गरिएको थियो । यस्तै समिक्षा गोेष्ठीको दोस्रो दिन चालु आर्थिक बर्षमा संचालन गर्नुपर्ने कार्यक्रम तथा सो सम्बन्धी कार्यविधीहरुमा छलफल भएको थियो । कार्याशाला गोष्ठीको प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सम्बोधन गर्दै कार्यसम्पादनमा अझै उत्कृष्ठता हासिल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश योजना आयोग सदस्य, पुष्पा भुसाल को विशिष्ठ आतिथ्यता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सचिव तेज बहादुर सुवेदी को विशेष आतिथ्इता र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयक महाशाखा प्रमुख, कृषि विकास निर्देशनालय मातहातका कृषि ज्ञान केन्द्रहरु, प्रयोगशालाहरुर तालिम केन्द्रका प्रमुख तथा प्रतिनिधीरुको सहभागीता रहेको थियो ।