सलह किरा नियन्त्रणमा प्रदेश ५ सरकार किसानलाई भन्यो,-१ किलो किरा ल्याउनुहोस्, २० रुपैयाँ लैजानुहोस

बुटवल, असार
प्रदेश ५ मा पनि सलह किरा देखिएको छ । भारतमा किसानहरुको प्रमुख सत्रुको रुपा रहेको यो किरा शनिवार रुपन्देहीमा देखिएको हो ।
रुपन्देहीमा देखिएको सहल किरा पाल्पा तर्फ जान सक्ने संभावना समेत रहेको विज्ञले बताएका छन् । खासगरी पहाडी जिल्लामा अहिले मकै ढाल्ने मौसम भएको कारण हरियो मकैंको बोट छिनभरमा नै यो किराले नष्ट गर्न सक्छ ।


शनिवार रुपन्देहीमा सहल किरा देखिएपछि प्रदेश ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको संयोजकत्वमा बैठक बसी नियन्त्रणका विभिन्न उपायहरु ऋपनाउनका किसानहरुलाई आग्रह गर्नुभएको छ ।
मन्त्रालयका सचिव, उप सचिव लगायत कृषि विकास निर्देशनालय का प्रमुख, बरिष्ठ बाली संरक्षण अधिकृत लगायतका विज्ञहरुको टोलीले सलह किरा तत्काल नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाउने निर्णय गरेको छ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलका अनुसार सलह किरा नियन्त्रणको लागि प्रदेश ५ सरकारले किसानहरुलाई नियन्त्रण प्रोत्साहन दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
१ किलो सलह किरा मारेर ल्याउने किसानलाई २० रुपैयाँ दिने निर्णय गरिएको मन्त्री पौडेलले जनकारी दिनुभयो ।

प्रदेश सरकारले यसको जिम्मा स्थानीय तहका वडा कार्यालयहरुलाई दिने छ । ‘यो कीराले सबै बालीनाली नष्ट गर्छ, हाम्रो बाली नष्ट गर्नुअघि नै यसलाई नष्ट गर्ने काम गर्न जरुरी छ, मन्त्री पौडेलले भन्नुभयो ।

सलह किरा दिउँसोको समयमा हिड्ने मात्रै भएको बताउँदै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सचिव तेज बहादुर सुवेदीले रातीमा बस्ने भएकोले समात्न सकिने पनि बताए ।
सलह किरा देखिएमा मालाथिन र क्लोरपाईरिफोस नामक बिषदी प्रयोग गर्न मन्त्रालयले शुझाब दिएको छ । मालाथिन ३ मिलिलिटर प्रति लिटर र क्लोरपाईरिफोस २ मिलिलिटर प्रति लिटर प्रयोग गर्न मन्त्रालयले शुझाब दिएको हो ।

© 2024 krishipatra All right reserved