बुटवल, जेठ ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का दुग्ध व्यवसायी लेखनाथ बेल्बासेले केही बर्ष देखि निरन्तर रुपमा आफ्नै घरको छतमा तरकारी उब्जाउँदै आएका छन् । डेरी व्यवसायी र किरानाको पसल राख्दै आएका उनले विगत केही बर्ष देखि निरन्तर रुपमा आफ्नै घरको छतमा सिजन अनुसारको तरकारी उत्पादन गर्दै आएका हुन । उनी भन्छन्–‘आफ्नो घरमा हरियो परियो तरकारी खानको लागि यहि छतको उत्पादनले पुगेको छ । ’
केही समय पहिला सहरमा नै मौरी पालन गर्दै आएका किसान बेल्बासेले गरेको कृषि कर्मको सिको अन्य व्याक्तिहरुले नै गर्न थालेका छन् । सुख्खानगर क्षेत्रमा करेसाबारी खेती गर्ने प्राप्तमात्रामा जग्गा छैन । जसको विकल्पमा सहरियाहरुले कौसी खेतीमा विशेष ध्यान दिन थालेका हुन ।
खासगरी सानो क्षेत्रमा आफ्नो घरको लागि प्रयाप्त मात्रामा तरकारी उब्जाउन सकिने भएको कारण यस तर्फ विशेष ध्यान जान थालेको हो । खासगरी कौसीमा गमला, फालिएका प्लाष्टिका बोतल, प्लाष्टिका भाडाहरुमा माटो भरेर त्यहा तरकारी उत्पादन गर्न सहज रुपमा नै सकिन्छ । गाँउघर भन्दा पनि सहरमा जग्गा अभाव भएको कारण घरको छतको केही भाग माथि प्रयोग गरेर सोही अनुसारको तरकारी खेती गर्न सकिन्छ ।
यसरी तरकारी खेती गर्दा घरमा नै खेरा गैरहेका हरियो तरकारीका बोक्रा, खेरा गैरहेका अन्य कुहिने सामानहरुलाई कम्पोष्ट मलको रुपमा उत्पादन गरी प्रयोग गर्न सकिन्छ । यसमा शहरको मात्रा बढि भएका स्थानिय तहरुले समेत विशेष प्रोत्साहन गर्दै आएका छन् ।
बुटवल उपमानगरपालिकाले शहरी बसोबास बढि भएको(घनाबस्ती)मा कौसी खेती कार्यक्रम समेत ल्याएको छ । सोही अनुसार टोल विकास संस्था मार्फत आयोजना हुने कौसी खेती, तालिम, प्राविधिक सहयोग लगायतका कार्यक्रम ल्याइएको बुटवल उपमानगरापलिका कृषि विकास शाखा प्रमुख कृषि विकास अधिकृत सन्तोष जीसी बताउँछन ।
उनका अनुसार अहिलेको विषम परिस्थीतमा घरमारहेको गर्जो टार्नको लागि कौसी खेती कार्यक्रम उत्तम विकल्प हो ।
नगरपालिकाले खासगरी बुटवल उपमहानगरपालिका वडा नम्बर १ देखि ११ नम्बरको आधा क्षेत्र सम्ममा कौसी खेती कार्यक्रमको लागि प्रमुख प्रथमिकतातामा राखेको छ । कृषि विकास शाखा प्रमुख जिसीका अनुसार विगतका बर्षहरु पनि वडा नम्बर २, वडा नम्बर ११, वडा नम्बर ६ को सुख्खानगर क्षेत्रमा समेत कौसी खेती हुदै आएको छ ।
बुटवल उपमानरपालिकाले १० वटा टोल विकास संस्था मार्फत ३०/३० हजार रुपैयाँ सहायता दिने गरी कार्यक्रम अगाडी बढाएको छ । तर लकडाउनको कारण सम्झौता भैसकेको कार्यक्रम अगाडी बढाउन नसकीएको तर यसलाई केही उपाय लगाएर गरिने जनाइएको छ ।
बुटवल वडा नम्बर ११ को होराईजन चौक नजिकै कृषि सहकारी संस्था मार्फत नै विगतका बर्षहरुमा कौसी खेती कार्यक्रम हुदै आएको थियो । यस बर्षपनि सोही कार्यक्रमलाई निरन्तरता स्थानीयले दिएका छन् । आगामी बर्ष कौसी खेती कार्यक्रम प्रोत्साहनको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको बुटवल उपमानगरपालिकाले जनाएको छ ।
उत्पादनमा आधारित अनुदान
बुटवल उपमानगरपालिकाले आगमी बर्ष देखि खासगरी उत्पादन क्षेत्र विस्तार गर्ने अभिप्रायले उत्पादनमा आधारित अनुदान प्रदान गर्ने योजना बनाएको छ ।
किसानहरुले उत्पादन गर्ने र उत्पादनको आधार मा अनुदान प्रदान गर्ने कार्यक्रम बनाइएको हो । जस्तै केरा खेतीमा कम्पतीमा ५० वोट लाउनुनपर्ने यसको लागि प्रति बोट ५० रुपैयाँ अनुदान दिने, च्याउ खेती ३०० डल्ला प्रति डल्ला ६०० रुपैयाँ अनुदान दिने, कागत ५० विरुवा लगाउनुपर्ने ५० रुपैयाँ अनुदान दिने गरी योजना बनाएको छ । यस्तै मागमा आधारित अनुदानमा किसानहरुको मागमा आधारित साना कार्यक्रम विस्तारको लागि ५० प्रतिशत अनुदान दिने योजना बनाएको छ । source -Butwal today