
बुटवल, बैशाख ।
विगत केही दिन देखि बन्द रहेकाे बुटवल कृषि उपज थाेक बजार केन्द्र मंगलबारदेखि खुल्ने भएकाे छ ।
बुटवल कृषि उपज थाेक बजार,केन्द्र का बजार ब्यवस्थापक राम बहादुर खत्री का अनुसार नेपाली उत्पादन मात्रै बिक्रीवितरण गर्ने गरि मंगलबार बाट कृषि उपज थाेक बजार केन्द्र खाेल्न लागिएको जानकारी दिनुभयाे । उहाँका अनुसार अब देखि विहान ९ बजे देखि दिउसो २ बजे सम्म उपज केन्द्र खाेल्ने निर्णय गरिएकाे हाे ।
बजार ब्यवस्थापक बालि संरक्षण अधिकृत राम बहादुर खत्री का अनुसार भारतिय तरकारी विक्रिवितरणमा भने पुर्णरुपमा राेक लगाईएकाे छ ।
कृषि विकास निर्देशनालय , व्यवस्थापन समिति र व्यवसायी काे विचमा सहमति पश्चात् उपज केन्द्र खाेल्न लागिएको हाे ।
फाेटाे: फाईल