बुटवल, बैशाख ।
भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयलेकाे संयनेजकत्वमा प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएका छन । किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पाकत्वलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएकाे हाे ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का प्रवक्ता तथा याेजना अनुगमन महाशाखा प्रमुख विनाेद घिमिरेका अनुसार कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्र मा रहेकत पिक अप भ्यान र मन्त्रालय मतहतका कार्यलयहरुले अनुदानकाे रुपमा उपलब्ध गराएका पिक अप भ्यान कृषि एम्बुलेन्स काे रुपमा प्रयाे गरिएकाे छ ।
उहाका अनुसार प्रदेश ५ का १२ जिल्लामा ४४ वटा कृषि एम्बुलेन्स लु अहिले सेवा दिईरहेका छन ।
साेमबार मात्रै रुपन्देहीको देवदह नगरपालिका मा कृषि एम्बुलेन्स सुरुवात गरिएकाे छ ।
देखि देवदह नगरपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ । कृषि एम्बुलेन्स काे प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पाैडेल लेे शुभारम्भ गर्नुभयाे ।
किसानहरुको उत्साहलाई मर्न नदिन र उपभोक्ताको सहजताको लागि उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनु भयो ।
प्रदेश सरकारले घोषणा गरेको भुमी ब्यवस्था,कृषि तथा सरकारि कार्यलय मार्फत देवदह नगरपालिकाले उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको हो ।
यस्तै आईतबार पाल्पाको तानसेन नगरपालिकामा पनि सुरुवत गरिएसंगै प्रदेश ५ का सबै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरुवात भएकाे हुन ।
हेराै प्रदेशका विभिन्न जिलेलाहरुका सञ्चालनमा अाएका कृषि एम्बुलेन्स का फाेटाे फिचर