
बुटवल रुपन्देहीको देवदहलाइ कृषि स्मार्ट गांउ घोषणा गरिएको छ । २०७५ मा स्मार्ट कृषि स्मार्ट गांउ घोषणा गरिएको हो । कृषि उत्पादनका लागि सम्भावित ठाउं भएकाले देवदहलाइ कृषि स्मार्ट सिटी गाउंको रुपमा घोषणा गरिएको हो । कृषि अन्तर्गत दुग्ध तथा पशुपालनका लागि उपयुक्त मानिन्छ देवदह । कृषि स्मार्ट गांउमा अहिले १ सय १० जना कृषक आवद्व छन् ।
कृषिलाई विशेष महत्व दिएर ल्याइएको कृषि स्मार्ट गांउ कार्यक्रमबाट देवदह क्षेत्रका कृषक लावान्भित भएका छन् । आधुनिक प्रणलीबाट कृषि गर्न थालेका देवदहका कृषकले मनग्य आम्दानीसमेत गर्न थालेका छन् । जसका कारण कृषि उत्पादनमा बृद्वि भएको छ । आयआर्जनमा बृद्वि भएको र कृषि अन्तर्गत तरकारी खेतीमा हौसला प्रदान हुंदै गएको बताउनुहुन्छ कृषक विष्णुप्रसाद पाण्डे । पहिला पहिला तरकारी उत्पादन गरेर बजार भाउ नहुंदा समस्या घाटा व्र्होनु परेको र अहिले बजारको समस्या छैन ।
अहिले देवदहमा उत्पादन भएको कृषिजन्य वस्तु तथा तरकारीहरु देवदहमा नै बिक्री हुने र बुटवल, भैरहवा र सुनवल तिरबाट घरघरमा तरकारी खरिद गर्न आउनेको संख्या बढ्दो छ । अर्गानिक उन्मुख तरकारी भएकाले बुटवल, भैरहवा, सुनवल लगायतका ठाउंबाट उपभोक्ता देवदहको तरकारीप्रति आर्कषित भएका छन् । देवदह नौ घोडाहाका कृषक विष्णुप्रसाद पाण्डेले कूनै प्रकारको रासायनिक विषादी प्रयोग नगरिएकाले उपभोक्ता घरघर र खेतमै आएर तरकारी खरिद गर्ने गरेको बताउनु भयो । दुइ विघा खेतमा व्यवसायिक तरकारीको आम्दाजीबाट विष्णुप्रसाद पाण्डेको पांच परिवार पालिएको छ । १० वर्ष अघिदेखि व्यवसायिक कृषिमा लागेको पाण्डे परिवारले राम्रो आम्दानी गर्ने गरेको छ ।
कृषि स्मार्ट सिटी कार्यक्रम लागु भएपछि वार्षिक ५ देखि ७ लाख आम्दानी गर्ने गरेको पाण्डे परिवारले । आधुनिक पद्वतिबाट मौसमी र बेमौसमी तरकारी खेतिका लागि ७ लाख खर्च गरेको छ । कसैको पनि आर्थिक सहयात नलिई तरकारी खेती शुरु गरिएपनि अहिले प्रदेश सरकारको सामान्य सहयोगले केही सहयोग मिलेको बताउनुहुन्छ विष्णुप्रसुाद पाण्डे । प्रदेश पांचको सरकारले कृषि स्मार्ट सिटी गाउं कार्यक्रम अन्तर्गत तरकारी खेतिका लागि वार्षिक ५० लाख उपलब्ध गराउन थालेको छ ।
स्थानीय तहले भने अहिलेसम्म कूनै सहयोग नगरेको बताउनछन् कृषक पिताम्बर खराल । अहिले देवदह ९ घोडाहाको पाण्डे परिवारसहित दर्जन बढी कृषकले काक्रा, भान्टा, फर्सी, लौका, घिरौला, करेला खुर्शानी, टमाटर उत्पादन गरेका छन् । आधुनिक कृषि तथा तरकारी खेती उत्पादनका लागि कृषि विज्ञ नहुंदा समस्या भएको कृषकहरुको गुनासो छ । कृषि विज्ञ तथा प्राविधिकहरुबाट आवश्यक अनुसार सहयोग मिलेमा तरकारी उत्पादन बढाउन सकिने कृषकहरुले भानाइ छ ।
समयको माग अनुसार कृषि प्राविधिक नहुंदा अन्दाजको भरमा तरकारी खेती गर्नु परेको कृषकहरुको गुनासो छ । थोरै वजेट दिन भन्दा आवश्यक अनुसार सरकारले कृषि प्राविजधिक, विउमल उपलब्ध गराए तरकारी उत्पादनमा सहज हुने कृषकहरुको भनाइ छ । आवश्यक अनुसार कृषि विज्ञ तथा प्राविधिकरु उपलब्ध गराइ दिन देवदहका कृषकहरुको माग छ ।