कृषि उद्यमी भट्टराईद्वारा क्वारेन्टाइनमा बसेका नि:शुल्क दूध तथा दुग्धजन्य बस्तु प्रदान

  • उदाहरणीय काम
  • बुटवल, बैशाख ।
    नेपाल डेरी एशोसियसन प्रदेश नं. ५ का अध्यक्ष, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका कोषाध्यक्ष, तिलोत्तमा—५, मणिग्राम निवासी कृषि उद्यमी कृष्ण भट्टराईले तिलोत्तमा नगरपालिकाले शंकरनगरमा सञ्चालन गरेको क्वारेन्टाइनमा दूध र दुग्धजन्य बस्तु प्रदान गर्नुभएको छ ।
    उहाले गत शुक्रबार देखि निरन्तररुपमा दूध, पनिर, ध्यु लगायतका आवश्यक बस्तु प्रदान गरेका हुन ।
    क्वारेन्टाइन मा उनले आवश्यक दुध तथा दुग्धजन्य पदार्थको निःशुल्क आपूर्ति गराउन सुरु गर्नुभएको हाे ।

    कोराना युद्धको कारण मुलुकभर लकडाउन भैरहँदा बिक्री नभएको दुध गाईलाई खुबाउने वा सडकमा फ्याक्नेका लागि उहाँको सामाजिक कार्य सिकाईको विषय बन्न सक्ने विश्लेषण गरिएकाे छ ।

    उद्यमीी भट्टराईले  हाल शंकरनगरमा सिद्धर्थ डेरी उद्योग सञ्चालन गर्दै आउनुभएको छ । यसकाे बिक्री केन्द्र बुटवल- हस्पिटल लाईनमा छ ।

    प्रदेश ५ का किसानहरुले हाल विक्रि नभएको दूध लाई विभिन्न परिकार बनाएर विक्रि गर्दै आएका छन ।

    © 2024 krishipatra All right reserved