लुम्बिनी फ्लोरीकल्चर एशोसीयसनको तर्दथ कमिटि गठन

बुटवल, चैत ।
पुष्प व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको लुम्बिनी फ्लोरी कल्चर एशोसियसन अफ नेपाल(लोफ्यान)लुम्बिनीमा नयाँ तर्दथ कमिटी गठन गरिएको छ । शनिवार बुटवलमा भएको भेलाले रमेश पाण्डेको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको हो । उपाध्यक्षमा काजि थापा, कोषाध्यक्षमा सृजना बस्याल, सचिवमा सरु पौडेल(सरस्वती) चयन भएका छन् ।

सदस्यहरुमा अनिल खरेल, माधव प्रसाद पाण्डेय, माया भट्राई चयन भएका छन् ।
कमिटि फुल खेती विस्तार गर्ने, फुल आयात कम गर्नुेको साथै निर्यातामाजोड दिने । भविश्यवमा प्रदेश स्तरको काम गर्ने योजना बनाएको छ । बुटवलमा पुष्प संकलन केन्द्र, सूचना केन्द्र निर्माण गर्ने योजना बनाएको छ ।

ध्यक्ष पाण्डेका अनुसार स्वदेशी उत्पादनलाई विशेष ग्राहयता दिने गरी कमिटि गठन गरिएको हो । कमिटिले बुटवलउपमहानगरपालिका हरियाली प्रर्वद्धन समितिका संयोजक तथा वडा नम्बर १० का अध्यक्ष पदम थापा लाई बरिष्ठ सल्लाहकारमा चयन गरेको छ । यस्तै सल्लाहकार किरण श्रेष्ठ र गोपाल खरेललाई चयन गरिएको छ । केही समयमा नै तर्दथ कमिटिले नयाँ कार्यसमिति चयन गर्नुको साथै विधान निर्माण, दर्ता लगायतका काम गर्ने छ ।

© 2024 krishipatra All right reserved