
बुटवल, तिलोत्तमा नगरपालिकाको कोटिहवामा फागुन २३ गते देखि खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना र तिलोत्तमा नगरपालिकाको सह आयोजानमा हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिएको हो ।
तिलोत्तमा नगरपालिका वडा नं. १५ स्थित पशुपती माध्यमिक विद्यालयको प्राङगणमा हुने मेला फागुन २३ गते देखि २५ गते सम्म हुनेछ । “परम्परागत पोषिलो एवं स्थानिय खाद्य पद्धार्थको प्रबद्र्धन गरौ, असल खानपानका लागि खाने बानीमा सुधार गरौ” भन्ने नाराका साथ हुन लागेको मेलामा ६० वटा स्टल रहने छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहालले खाद्य पदार्थको उत्पादक, प्रशोधनकर्ता, सञ्चयकर्ता एवं उपभोत्ताहरुलाई एकै थलोमा राखेर नवित्तम खाद्य प्रविध एवं पोषण र स्वच्छताबारे ज्ञान दिने उद्देश्यले मेलाको आयोजना गरिएको बताए । त्यस्तै उनले खाने बानीमा सुधारका लागि स्थानीय रुपमा उत्पादन तथा उपलब्ध हुने र हाल प्रचलनमा रहेका पौष्टिक महत्वका खाद्य पदार्थ बारे मेलामा जानाकारी गराईने बताए ।
मेलामा स्थानीय कृषिजन्य खाद्य उद्योगहरुको प्रदर्शनी, अल्प प्रचलनमा रहेका स्थानीय कृषि उपजहरुको प्रदेर्शनी, मौलिक संस्कृति झल्कने होमस्टे, खाद्य प्रशोधन मेसिनरी, पोषण संग सम्बन्धीत विभिन्न स्टलहरु रहनेछन् । मेलाका लागि स्टल बुकिङ समेत खुल्ला भएको आयोजकको भनाई छ । मेलामा करिव २० हजार भन्दा बढिले अवलोधन गर्ने अपेक्षा आयोजकले गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक बर्ष ०७६÷०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मेला आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले खाद्य मेलालाई सफल पार्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।