प्रदेशका सबै पालिकामा खाद्य सुरक्षाः मन्त्री पौडेल

  • पालीहरुको खाने बानीमा सुधार ल्याउन समेत आग्रह गर्नुभयो ।
  • बुटवल, फागुन ।
    प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ पालिकाहरुमा खाद्य सुरक्षाका योजना ल्याउनको लागि संघीय सरकार संग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । प्रदेश ५ सरकार एक्लै संभव नभएको भन्दै संघीय सरकार मार्फत सबै पालिकाहरुमा खाद्य सुरक्षाको लागि आफुले पहल गर्ने बताउनुभयो ।
    संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली विषय अन्तरक्रिया कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेल नेपालीहरुको खाने बानीमा सुधार ल्याउन समेत आग्रह गर्नुभयो ।
    खानाको लागि भात को अलवा गहुँ, रोटी,मकै, फापर लगायतका अन्य खाद्यान्नको रुपमा प्रयोग गरिने बस्तु सेवन गरेमा खाद्य सुरक्षामा सफल हुने मन्त्री पौडेलको भनाई रहेको छ ।


    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ को खाद्य सुरक्षाको अवस्थाको विषयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का खाद्य सुरक्षा तथा प्रर्वद्धन महाशाखा प्रमुख श्रीधर ज्ञवाली ले, नेपालमा खाद्य सुरक्षा अनुगमन प्रणालीको विकासक्रमको मुख्य क्रियाकलापको विषयमा विश्व खाद्य कार्यक्रमका चन्द्र बहादुर थापा र संघीय कृषि मन्त्रालयका बाली विकास अधिकृत पदमा पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रिालय र विश्व खाद्य कार्यक्रमको आयोजानमा भएको अन्तरक्रिया कार्यक्रममा खाद्य अधिकार, खाद्य संम्प्रभुता, दिगो विकास लक्ष्य तथा कृषि विकास रणनीतिको सन्र्दभवमा राष्ट्रिय योजना आयोगका खड्क राज राईले कार्यपत्र प्रस्तुत गुर्नभएको थियो ।
    कार्यक्रममा कृषि तथा पशुपंक्षि मन्त्रालय का राम कृष्ण रेग्मी, प्रदेश ५ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका का सचिव डा. राधा वाग्ले,विश्व खाद्य कार्यक्रमका पुष्प श्रेष्ठ लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नविन गैरेले गर्नुभएको हो ।

    © 2025 krishipatra All right reserved