प्रदेश ५ सरकारले सुरु ग-यो कृषकहरुका लागि ऋणमा ब्याज अनुदान कार्यक्रम

  • कृषि मन्त्री पौडेलले कार्यक्रम शुभारम्भ भएको घोषणा गरिन
  • बाँके  फागुन – प्रदेश नं ५ सरकारले कृषकहरुका लागि कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउन शुरु गरेको छ । कृषि मन्त्री आरतीय पौडेलले मंगलवार नेपालगन्जमा उक्त कार्यक्रमको शुभारम्भ गरिन ।बाँके, बर्दियाका स्थानीय तहका प्रमुख, कृषक तथा सरोकारवाला निकायका अगुवा माझ कृषि मन्त्री पौडेलले कार्यक्रम शुभारम्भ भएको घोषणा गरिन । कार्यक्रममा बोल्दै पौडेलले प्रदेशको कृषि उत्पादन बृद्धि गर्नका लागि कृषकलाई सहुलियत दिन शुरु गरिएको बताइन । ‘लक्षित बर्गले यसको बढि भन्दा बढि लाभ उठाउनेमा हामी ढुक्क छौं ।’– मन्त्री पौडेलले भनिन् ।

    प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कृषकका लागि सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरिसकेको छ । अनुदान कार्यक्रमका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कृषि ऋण स्वीकृतपश्चात आयोजनाहरुले मासिक किस्ता रकम तथा ब्याज रकम भुक्तानी गरी भौचर साथ निवेदन दिएमा ब्याजवापतको रकममा अनुदान उपलब्ध गराउने व्यवस्था रहेको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए ।
    ढकालका अनुसार, ब्याज अनुदान रु एक लाखदेखि रु १० लाखसम्मको एक वर्ष अवधिका लागि १० प्रतिशत, दुई वर्षको आठ प्रतिशत र तीन वर्षभन्दा बढी अवधिका लागि पाँच प्रतिशत उपलब्ध गराइने छ । यस्तै रु १० लाखदेखि रु ३० लाखसम्मका क्रमशः एक वर्ष अवधिका लागि आठ, दुई वर्षको छ प्रतिशत र तीन वर्षभन्दा बढी अवधिका पाँच प्रतिशत ब्याज अनुदान दिइनेछ । यस्तै रु एक करोडसम्मका लागि छ देखि पाँच प्रतिशत ब्याज अनुदान व्यवस्था गरिएको छ ।
    स्वीकृत कार्य्विधिमा तोकिएको ब्याज अनुदान बैंक तथा वित्तीय संस्थाको अधिकतम ब्याजदरभन्दा बढी नहुने र नेपाल सरकारको ब्याज अनुदान कार्यक्रमअन्तर्गत नेपाल राष्ट्र बैंकबाट अनुदान पाउने किसानका हकमा फरक रकम मात्र भुक्तानी हुने व्यवस्था गरिएको छ ।
    कार्यक्रममा सहभागि कृषकहरुले सरकारले अनुदान र ऋणमा सहुलियत दिने भनेर ल्याएको कार्यक्रम बास्तबिक किसानसम्म नपुगेको दुःखेसो पोखेका थिए । बाँके खजुराका स्थानीय कृषक लालबहादुर खत्रीले भनिन्,–‘यो पनि त्यस्तै नहोस् ।’ @कमल डाँगी

    © 2024 krishipatra All right reserved