बुटवल, माघ ।
रुपन्देहीममा विगत लामो समय देखि कृषि उद्यममा संलग्न शशी पौडेल काठमाण्डौमा सम्मानित हुनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका – टिकुलीगढमा लुम्बिनी एग्रो पोड्क्ट एण्ड रिसर्च सेन्टर नामको नेपालकै सबैभन्दा ठुलो गाई फार्म सञ्चालन गर्दै आउनुभएका पौडेललाई विशेष सम्मान गरिएको हो । काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा आयोजित एक कर्यक्रमकाबीच फोकस नेपाल नामको संस्थाले उहाँलाई सम्मान गरेको हो ।
उहाँले रुपन्देहीमा लामो समय देखि फर्मममा झण्डै ६ सय गाई पाल्दै आउनुभएको छ । फोकस नेपालले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारी पौडेललाई सम्मान गरेको हो । पौडेललाई वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संस्थाको तर्फबाट सम्मान गर्नुभएको हो ।
नेपालमा हालसम्म कै सवैभन्दा ठूलो गाईफार्मका रुपमा पौडेलले सञ्चालन गरेको लुम्बिनी एग्रो एण्ड रिसर्च सेण्टर परिचित छ । अमेरिकाको ग्रिन कार्ड त्यागेर रुपन्देहीमा गाई पालन गरिरहनुभएको हो । रोजगारीका लागि विदेश पलायन हुने युवा जमातका लागि पौडेल प्रेरणाका श्रोत समेत बनेका छन् । जसले अमेरिकाको ग्रिनकार्ड त्यागेर नेपालमा गाईपालन गरी देशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्नुभएको छ । पौडेलले सञ्चालन गरेको फार्ममा हाल १ अर्व बराबरको लगानी गर्नुभएको छ ।
यस अघि राष्ट्रपती कृषक सम्मान अवार्डबाट समेत उहाँ पुरस्कृत हनुभएको छ भने विकास रत्न विभुषित हुनुहुन्छ । यसको अलवा उहाँलाई प्रदेश ५ सरकारले समेत पदवी प्रदान गरेको छ । यस्तै विभिन्न संघ संस्थाहरुले कृषक पौडेललाई २ दर्जन भन्दा बढि सम्मानबाट पुरस्कृती तथा सम्मान गरिससकेका छन् ।