बुटवल, माघ ।
विषादी अवशेष दु्रत विश्लेषण ईकाई प्रयोगशाला बुटवल सञ्चालक समितिमा बुटवल उपमानगरपालिकाकी उप प्रमुख गुमादेवी आचार्य चयन हुनुभएको छ ।
सञ्चालक समितिको बैठकबाट निर्देशिकामा उल्लेख भए अनुसारको अध्यक्षमा बुटवल उप–महानगरपालिकाकी उप प्रमुख समेत रहेकी आचार्य अध्यक्षमा चयन हुनुभएको हो ।
बाली संरक्षण प्रयोशाला, कृषि ज्ञान केन्द्र नवलपरासी, बुटवल उप–महानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोज जिसी, बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल, जिल्ला प्रशासन कार्यालय अधिकृत, जिल्ला स्तर कृषक समुहबाट गणेशदेव भण्डारी, विषादी व्यवसायीबाट फन नारायण ढकाल, उपभोक्ता कर्मीबाट तेज कुमार पाठक, खाद्य प्रविधि कार्यालय सदस्य रहेको समिति गठन गरिएको छ ।
जसको सदस्यसचिवमा विषादी दु्रत विश्लेषण ईकाई प्रयोगशाला बुटवलका प्रमुख उमाशंकर पाठक रहेका छन् ।
शुक्रबार बसेको बैठकलले हाल बुटवल कृषि उपज थोक बजार केन्द्रको एउटा कोठामा मात्रै सञ्चालनमा आएको विषादी अवशेष दुत्र विश्लेषण प्रयोगशालाको स्थानमा अपुगको भएको भन्दै सम्बन्धीत निकाय निर्देष्ठ समितिमा माग गर्ने निर्णय गरेको हो । सदस्य सचिव तथा प्रयोशाला बुटवलका प्रमुख उमाशंकर पाठकले विषादी परिक्षण प्रयोगशाला र प्रशासनको काम एकै स्थानबाट गर्दा स्वाथ्यमा समेत जोखिम उत्पन्न भएको बताउनुभयो ।
बैठकमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ का संयोजक तेज कुमार पाठकलले जनताको स्वाथ्यमाथी कुनै पनि तवरले खेलवाड हुन नहुने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषालले कृषि उपज केन्द्रले निशुल्क उपलब्ध गराएको संरचनाको विषयमा अव सोही अनुसारको संरचना निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका सचिव मेघनाथ पौडेलले प्रयोशालाले अव स्थानिय किसानहरुले समेत उत्पादन गरेको कृषि जन्य उपजको चेक जाँच गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा केन्द्रीय कृषि प्रयोगशाला हरिहरभवन काठमाण्डौका बरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राज भण्डारी, क्वारेन्टाईनका विष्णु प्रसाद काफ्ले, कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्री, बुटवल प्रयोशालाका प्राविधिक सहायक नरदेश प्रभाकर लगायतले कृषि ज्ञान केन्द्र, कृषि विकास शाखा बुटवल, लगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।