पैंचोले दियो आफुसंग कारोबार गर्ने किसानलाई मोटरसाईकल उपहार

बुटवल, माघ ।
पैचो चाडपर्व उपहार योजना अन्तर्गत गत पुसमा खोलिएको चिट्टाको प्रथम पुरस्कार बिजयतालाई प्रथम पुरस्कार मोटर साईकल प्रदान गरिएको छ ।

पैचोको वार्षिक उत्सवका अवसरमा गुल्मीको बलेटक्सारमा खोलिएको चिट्टामा गुल्मी छत्रकोट १ हुंगाका कमल पल्लीलाई मोटर साईकल परेको थियो । आज पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले एक कार्यक्रमका बिच बिजयता पल्लीलाई मोटरसाईकल हस्तान्तरण गरेका छन ।

हस्तान्तरण कार्यक्रममा होटल अर्गनाईजेसन बांकेका अध्यक्ष भिमलाल कंडेलको समेत सहभागिता रहेको थियो । पुरस्कार अन्तर्गत दोस्रो पुरस्कार छत्रकोट १ कै मोहन बलाल र तोस्रो पुृरस्कार गुल्मी दरबार ४ बिरबासका चन्द्रकला अर्याललाई परेको थियो । दोस्रो पुरस्कारमा ४२ ईन्चको टेलिभिजन र तेस्रो पुरस्कार रेफ्रीजरेटर रहेको थियो । पैचोले ब्यवसायीक प्रबद्र्धन कार्यक्रम अन्तर्गत हरेक वर्ष चाडपर्वमा उपहार कार्यक्रम संचालन गर्दै गर्नुका साथै जिल्लामा उत्कृष्ठ कृषि उत्पादकहरुलाई पुरस्कृत गर्दै आएको छ ।

© 2025 krishipatra All right reserved