छैठौ देवदह व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी पुरा

  • १५ गते देखि २६ गते सम्म
  • बुटवल, १२ माघ ।
    देवदह व्यापार संघ रुपन्देहीको आयोजानमायहि माघ १५ गते देखि २६ गते सम्म देवदह मण्डप देवदहमा छैठौ राष्ट्रिय देवदह औद्योगीक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । मेलाको तयारी पुरा भएको मेला आयोजक संस्था देवदह व्यापार संघले आईतबार पत्रकार सम्मेलनको आयोजनामा गरी जानकारी दिएको हो ।
    मेलाले आधुनिक कृषि प्रविधि , औजार तथा उपकराण्हरुको प्रर्दशन गरी व्यवसायीक कृषिलाई प्रर्वद्धन गर्ने लक्ष्य लिइएको छ । मेला मुल आयोजक समितिका संयोजक तथा देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्गले स्थानिजय स्तरका कृषि उपजहरुको वृहत प्रर्दशन तथा प्रसार प्रसार गर्ने, प्रर्दशन गरिएका उन्नत जातका विउ विजन, उपयुक्त प्रांगारिक मलको प्रयोग गरि गुणात्मक उत्पादनमा वृद्धिका लागि सहयोग गर्ने कृषि सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया मेलामा आयोजना गरिने छ ।
    मेलामा व्यापार प्रर्दशनी, प्रर्वद्धनका अलवा पुस्तक स्टेशनरी, अटोमोवाईल्स, अन्तराष्ट्रिय स्टल, उन तथा गलैचा, तयारी पोशाक लगायतका बस्तुका स्टलहरु रहने छन् । देवदह नगर पालिका सह आयोजक रहेको मेलाको सहयोगी िनकायको रुपमा देवदह उद्योग बाणिज्य संघ रुपन्देही, उद्योग व्यापार संघ देवदह, प्रगति सामुदायिक वन सहयोगी संस्थाको रुपमा रहेका छन् ।
    मेलाको टिकट विक्रीबाट ५ प्रतिशत रकम गौतम बुद्ध राष्ट्रिय उद्यान निर्माणमा खर्च गरिने आयोजकलले जनाएका छन् ।

    © 2022 krishipatra All right reserved