
बुटवल, माघ ।
प्रदेश ५ का १२ वटा जिल्लामा कार्यक्षेत्र रहेको देउराली लद्यु वित्त वित्तीय संस्था बुटवलमा सुरु भएको छ । लद्यु वित्तको औपचारिक रुपमा भोलि(शनिवार) नेपाल राष्ट्र बैंकका गर्नभनर डा. चिरन्जीवी नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
४ करोड चुक्ता पुजी रहेको उक्त लद्युवित्तीय संस्थाको सञ्चालकमा ५९ जना संस्थापक सञ्चालकहरु रहेका छन् । लद्यु वित्तीय संस्थाका अध्यक्ष विनोद ज्ञवालीका अनुसार लद्युवित्तलाई ग्रामिण क्षेत्रबमा बसोबास गर्ने महिला र पुरुषहरुको लािग सीपमुलक कार्य तथा ग्रामिण उत्पादनलाई विशेष जोड दिने बताएका छन् ।
लद्यु वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव ज्ञवालीका अनुसार गरिबी निवारणको लागि विशेष योगदान दिने लद्यु वित्तको योजना रहेको छ । उनले आगामी ५ बर्षमा परिणाममुखी बनाई लद्यु वित्तीय संस्था र दिगो आर्थिक विकासलाई शशक्त बनाउने योजना रहेको समेत जानकारी दिए ।
देउराली लद्यु वित्तीय संस्थाले पशुपालन कृषि उत्पादनमा आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नको लागि कृषि तथा भेटनरी जेटिए प्रविधिकहरुलाई परिचालन गरी उत्पादनलाई वृद्धि गर्ने लक्ष्य समेत लिएको छ । यसको लागि कृषक मैत्री वातावरण बनाउने र सरकारी योजना तथा आयोजनाहरुमा किसानहरुलाई सहयोग गर्ने समेत योजना बनाएको छ ।