भारतीय अवैध च्याउ आयातमा रोक लगाउन च्याउ किसानको माग

बुटवल, माघ ।
भारतबाट अनाधिकृत रुपमा आयात हुदै आएको च्याउ रोक्नको लागि च्याउ किसानहरुले माग गरेका छन् । अवैध रुपमा आयात गरिएको च्याउको कारण स्वदेशमा उत्पादन भएको च्याउले उचित बजार मुल्य नपाएको भन्दै च्याउ उत्पादक किसान संघले सरकारलाई ज्ञापन पत्र समेत बmुझाएको छ ।
खासगरी भारतबाट आयात गरिएको च्याउको अनिवार्य रुपमा ल्याव टेष्ट(परिक्षण) गरेर मात्रै भित्र्याउनुपर्ने, स्वदेशमा उत्पादन भएका च्याउ किसानहरुको माग उचित रुपमा संवोधन गर्नुपर्ने लगायतका माग राखेर केन्द्रीय समितिले नेपाल सरकार पशुपंक्षि विकास मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएको छ ।
सोही अनुरुपमा प्रदेश ५ का च्याउ उत्पादक किसान संघको छाता संगठन च्याउ उत्पादक किसान संघ प्रदेश ५ ले नेपाल सरकार र च्याउ उत्पादक किसान संघ संग भएको सम्झौता पुर्णरुपमा कार्यान्वन गर्न माग गरेको छ । बुधबार भएको सम्झौता लाई पुर्णरुपमा कार्यान्वय गर्नको लागि च्याउ उत्पादक किसान संघ प्रदेश ५ का अध्यक्ष केवट प्रसाद शर्मा माग गरेका छन् । प्रदेश सचिव कृष्णराज पोखरेल ले खासगरी भान्सारबाट आयात हुने च्याउको अनिवार्य रुपमा जाँचहुनुपर्ने किसानहरुको माग रहेको बताए ।
च्याउ उत्पादक किसान संघरुपन्देही सचिव ऋषव पोखरेल ले भारतबाट आयत हुने च्याउको अनिवार्य रुपमा काठमाण्डौमा रहेको केन्द्रीय जाँच प्रयोगशाला(सेन्टर) ल्याबमा परिक्षण हुनुपर्ने बताउछन् । नाम मात्रका प्रयोगशालाहरुमा भन्दा पनि सरकारद्धारा स्थापना भएको केन्द्रीय प्रयोगशालामा परिक्षण गरेर मात्रै भारतबाट आयात गरिएको च्याउ विक्रि वितरण गर्नुपर्ने च्याउ किसानहरुको माग रहेकोसचिव पोखरेलले जानकारी दिए ।
च्याउ उत्पादक किसान संघ रुपन्देहीका अध्यक्ष गंगाधर शर्माले सम्झोताको पूर्णरुपमा कार्यानव्यन हुनुपर्ने बताए ।

© 2024 krishipatra All right reserved