
बुटवल, १ माघ ।
रुपन्देहीका ४ वटा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना माछा सुपर जोन को आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका मा आयोजना हुने प्रथम माछा महोत्सवको तयारी पुरा भएको छ । सियारी गाउँपालिका वडा नम्बर ७ अमुवा बजारमा आयोजना हुने कार्यक्रमको संघीय सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषालबाट उदघाटन हुने छ । मन्त्री भुषालले अहिले १२ बजे रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सवको उदद्घाटन गर्ने कार्यक्रम तय गरिएको मेला आयोजक मुल समितिका संयोजक दिवकास भुषालले जानकारी दिनुभयो ।सियारी, सुद्धोधन, मायादेवी र गैडहवा गाउँपालिकाको आयोजानमा रुपन्देही मत्स्य महोत्सव हुन लागेको हो । महोत्सव ५ दिन सम्म चल्ने छ ।