छपिया माछा महोत्सव स-यो, माघ १ देखि ५ गते सम्म हुने

बुटवल, पुस ।
रुपन्देही जिल्लाका सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैँडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा माछालाई लक्षित गगरी गर्न लागिएको माछा महोत्सव सरेको छ ।
इहि पुस २६ गते बाट ५ दिन सम्म चल्ने भनिएको सियारी माछा, कृषि तथा माघी महोत्सव यहि माघ १ गते बाट सुरु हुने भएको छ । मौसम प्रतिकुल भएको कारण माछा महोत्सव को मिति सार्नुपरेको मेला समिति का सदस्य सचिव तथा मत्स्य सुपरजोन भैरहवा मत्स्य विकास अधिकृत रमेश जसैवालले जानकारी दिए । महोत्सव सियारी गाउँपालिका वडा नम्बर ७ जनता माध्यमिक विद्यालयमा आयोजना हुने छ ।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले एउटा क्षेत्रको मात्रै नभएर रुपन्देही जिल्लामा प्रदेश स्तरकै पहिलो महोत्सव हुन थालेको बताए ।पाँच दिन सम्मको महोत्सवमा थारु कल्चर, स्थानिय उत्पादन, माछाका बिभिन्न परिकार, कृषिका उत्पादन र कृषिका औजारको समेत प्रद्धर्शन हुने छ ।
नेपाल मत्स्य ब्यावसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुषालले कृषकका उपज देखि लिएर कृषि औजारहरु प्रदर्शनमा राखिने बताए । रुपन्देही जिल्लाका ४ वटा गाउँपालिका माछाको लागि सुपरजोन भएका कारण मत्स्य महोत्सवले नयाँ सन्देश दिने भुषालले बताए ।कार्यक्रम संयोजक भुषालले २४ साना स्टल र १२ ठूला स्टल रहने बताए /

© 2023 krishipatra All right reserved