
बुटवल, पुस ।
लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ को १३ बार्षिक साधारण सभा तथा अधिवेसन बाट नयाँ नेतृत्व चयन भएको छ । व्यवसायी बाबुराम भुषालको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।
नयाँ गठन भएको समितिको बरिष्ठ उपाध्यक्षमा मोह्मद याकुप, उपाध्यक्षमा अमृत भट्राई, महासचिवमा मेघनाथ पौडेल, सचिवमा मो.अनिश राईन, कोषाध्यक्षमा मनिष वर्नवाल चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा बसन्ती खड्का, नेत्र प्रसाद बस्याल, अंकीत कुमार कान्दु, प्रकाश खनाल, रविन वर्नवाल चयन भएका छन् । यस्तै मनोनीति सदस्यहरुमा राजु भुषाल र गौतम अग्रहरी चयन भएका हुन ।
साधारण सभा तथा अधिवेसनबाट चयन चएको नयाँ समितिलाई बुटवल कृषि उपज थोक बजार केन्द्रका सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल, कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तथा उपज केन्द्रका निमित्त बजार निर्देशक राम बहादुर खत्री, लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका निर्वतमान अध्यक्ष केशव कुँवर लायतले शुभकामना मन्तव्य राखेका थिए । नव निर्वाचित पदाधीकारीको शुक्रबार नै पदस्थापना गरिएको छ ।