सेवालाई फराकिलो बनाउँदै कृषि विकास बैंक

(पाल्पा),  सहुलियतपुर्ण कर्जाका लागी व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि– २०७५, नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कृषि विकास बैंकले आफ्ना सेवाका क्षेत्रलाई फराकिलो पारेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागले परिपत्र जारी गरेपछि कृषि विकास बैंकले सेवाको दायरालाई वढाउदै सहजता अपनाएर सेवा प्रवाह गरेको कृषि विकास बंैक रामपुर शाखा प्रमुख विशाल पौडेलले बताउनुभयो ।

कृषि क्षेत्रलाई प्रवद्र्धन गरी कृषकहरुलाई आत्मनिर्भर बनाउने, विदेशबाट फर्किएका युवा तथा शिक्षित युवा वर्गहरुलाई लक्षित गरी थप हौसला प्रदान गरी स्वदेशमै रोजगारीको सृजना गराउने, महिला उद्यमशिलतामा जोड दिई क्षमता अभिबृद्धि गराउने साथै सम्पुर्ण वर्ग, समुदायलाई समेटी सहुलियतपुर्ण कर्जाका लागी एकिकृत कार्यविधि तयार पारी नयाँ ढंगबाट कर्जा प्रवाह सुरु गरेको प्रमुख पौडेल बताउनुहुन्छ ।

बैंकले व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वोरोजगार कर्जा, विदेशबाट फर्कैका युवा परियोजना कर्जा, महिला उद्यमशिलता कर्जा, दलित समुदाय विकाश कर्जा, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा र भुकम्प पिडितहरुको निजी आवाश निर्माण कर्जा गरी जम्मा सात वटा कर्जाहरुमा अनिवार्य रुपमा सहुलियतपुर्ण तरिकाले बीमा गर्ने स्पष्ट निति एवंम् प्रकृया बनाई लागू गरेको छ ।

यस्ता कर्जा प्रवाह गर्दा कुनै पनि किसिमको सेवा शुल्क तथा अन्य शल्क नलिने पनि बैंकले जनाएको छ । कृषि विकास बैंकले नियामक निकायद्धारा जारी गरिएको निर्देशनहरु प्रिपालना गरी यस क्षेत्रको वित्तिय पहुँच बढाउने अठोट गरेको छ ।

बैंकबाट प्रदान गरीने सेवा तथा सुविधाहरु थप प्रभावकारी बनाउन वित्तिय साक्षरता कार्यक्रम संचालन गरी सेवा तथा सुविधाहरुको बारेमा आमजनता तथा प्रस्तावित ग्राहकहरुलाई अभ्यस्त पारिरहेको अवस्था छ ।

सरकारी कारोवार, राजस्व संकलन, कर्मचारी संचय कोष तथा नागरीक लगानी कोषमा रकम जम्मा गर्न सकिने, जमानत कारोवार, एल्सी कारोवार, मोवाईल बैंकिड्ढ, ईन्टरनेट बैंकिड्ढ, सहुलियत ब्याजदरमा कर्जा प्रवाह, शेयर खाता संचालन तथा कारोवार, रेमिट सुविधा, ई. सि.सि., आर्कषक व्याजदरहरुमा निक्षेप संकलन गरिरहेको अवस्था छ ।

यस बैँकले कार्यालयको कायक्षेत्र भित्र रहेका बचत तथा खाता खोल्न मिल्ने व्यवसायिक प्रतिष्ठान , सरकारी तथा अर्ध सरकारी संस्था, सरकारी तथा निजी बिद्यालय, क्याम्पस, पेट्रोलपम्प, होटल रेष्टुरेण्ट, लगाएतका बिभिन्न कार्यालयहरुमा कल खातामा आर्कषक व्याजदर प्रदान गरिरहेको बैकको नया थप सेवा भएको जानकारी गराएको छ । बैंकले ग्राहक तथा सेवाग्राहीलाई छिटो, छरिटो एवंम् विश्वासनीय सेवा प्रदान गर्दै आइरहेको छ ।

© 2022 krishipatra All right reserved