खुशी किसान बिना देश समृद्ध बन्न सक्दैन:मन्त्री पौडेल

  • च्याउको अवस्था , समस्या र सरोकारवाला निकायले गर्नुपर्ने कार्य विषयक अन्तकृया
  • बुटवल  प्रदेश ५ का भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले च्याउ किसानका समस्या भनेकै आफ्ना समस्या भएको बताएकी छ्न । च्याउ खेतीको बिस्तार गर्ने उद्देश्यले प्रदेश सरकारले स्मार्ट कृषि गाउँ छनोट गरे झै च्याउ ग्रामको अबधारणा बनाएको बताइन। अहिलेसम्म सम्म बनेका कृषि नीतिमा च्याउ निति बन्न नसकेको स्वीकार गर्दै मन्त्री पौडेलले च्याउ नीति बनाउने प्रतिबद्धता जनाइन । अब अनुदानको मोडल परिबर्तन गर्नुपर्ने भन्दै पौडेलले भनिन, जसले बढी पसिना बगाउछ उसले अनुदान पाउछ १जति सक्यो मिहिनेती किसानले अब अनुदान पाउनेमा ढुक्क हुन च्याउ किसानलाइ आग्रह गरिन ।

    किसानलाई सघाउने र कृषिमा उत्पादन बढाउन प्रदेशसरकारले १५०० युवालाइ रोजगार दिनेगरी कृषिकर्मी रोजगार कार्यक्रम लगायतका धेरै कार्यक्रम ल्याएको जानकारी दिइन । मलको अभावलाई पुर्ती गर्न हाम्रो घर घरबाट निस्किएका फोहोरलाई अर्गानिक मलको उत्पादन तर्फ सामुहिक रुपमा काम गर्न र सहयोग चाहिए सरकार संग सहकार्य गर्न किसानलाइ आग्रह गरिन ।किसानका अब सजिला दिनहरु आउछ्न ढुक्क हुनुस (मन्त्री पौडेलले भनिन, किसानको खुशी बिना देश समृद्धं र जनता खुशी हुन सक्दैनन् ।

    च्याउ खाऔ, मुटु बचाउ भन्ने नारा सहित अगाडी बढेको च्याउ उत्पादक किसान संघ जिल्ला समिति रुपन्देहीको आयोजनामा बिहिवार बुटवलमा आयोजना गरिएको च्याउको अवस्था , समस्या र सरोकारवाला निकायले गर्नुपर्ने कार्य विषयक अन्तकृया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन ।कार्यक्रममा बोल्दै च्याउ उत्पादक किसान संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण अधिकारीले च्याउ किसानका नीतिगत समस्या भएको बताए ।च्याउ खेती गर्ने परंरागत शैली ,बजारीकरण, निर्यात लगायतका थुप्रै समस्या रहेकाले च्याउ किसानका समस्या सम्बोधन गर्न आग्रह गरे । ७२० बढी प्रकारका च्याउ खेती हुदाहुदै पनि च्याउ अध्ययन केन्द्र स्थापित गर्न राज्यले ध्यान दिननसकेकोमा दुस्ख लागेको बताए ।

    किसानलाई तेस्रो दर्जाको नागरिकका रुपमा हेरेको भन्दै अब किसानलाई पहिलो दर्जाको रुपमा हेर्न उनकोआग्रह छ । त्यस्तै च्याउ उत्पादक किसान संघका अभियन्ता केन्द्रिय,नेकपाका सदस्य किसान केशवलाल श्रेष्ठले नेपालमा च्याउ खेती र यसको भबिस्य विषयक कार्यपत्र प्रस्तुत गर्दै परम्परागत खेती प्रणाली अपनाउदा लागत बढी आम्दानी कम भएको बताए । उनले नितिगत ११ बुदे कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालमा १८ औ सताब्दी देखि च्याउको अनुसन्धान भए पनि हाल जंगली र खेती गरिदै आएका ७२० प्रजातीका च्याउ पहिचान भएपनी ती मध्य एक सय दस वटा खान हुने,७५ वटा औसधिय गुण भएका र ६५ वटा बिषालु प्रकृतिका तथा बाकीअन्य प्रजातीका च्याउ छ्न ती पनि खानयोग्य नभएको बताए । च्याउ खेती अहिले नेपालको ७५ वटै जिल्लामा फैलिएको छ । च्याउको बीउ उत्पादनका लागि तापक्रमलाई कन्ट्रोल गर्ने मेसिनको आवस्यकता भएको औल्याउँदै श्रेष्ठले हाल च्याउखेतीबाट ५ हजार जनाले रोजगार पाएको र २५०० परिवार च्याउ खेतीमा सम्लग्न रहेको बताए । च्याउको उत्पादन बढाउन बिज्ञानमा आधारित भएर काम गर्न सके बर्षभरी उत्पादन बढन सक्ने बताए ।
    च्याखेतीको बिमा निति किसान मैत्री नहुनु ,च्याउ खेतीको लागि अनुदान र सस्तो ब्याजदरमा ऋण शुलभ नहुनु , क्वारेन्टाइनको समस्या,कच्चापदार्थको अभाव र ढुवानीको समस्या हुनुले पनि च्याउ उत्पादनमा समस्या भएको बताए । उत्पादनको आधारमा बजार मुल्यमा ५० प्रतिशत अनुदान दिने र किसानमैत्री न्युनतम मुल्य निर्धारण गरेर स्वदेशी उत्पादनलाई संरक्षण गर्न माग गरे ।

    कार्यक्रममा रुपन्देहीको च्याउको अवस्थाका बारेमा जानकारी मुलक कार्यपत्र प्रस्तुत गर्दै च्याउ उत्पादक किसान संघ रुपन्देहीका कोष।ध्यक्ष राजन पौडेलले जील्लामा सिजनल च्याउको बढी उत्पादन हुने गरेको भन्दै व्यावसायिक च्याउ किसानको अभाव भएको बताए हाल रुपन्देही जील्लामा १०० च्याउ किसान रहेकोे बताउदै सिजन र बेसिजन दुबै किसीसले च्याउको खेती प्रणालीलाई अगाडी बढाउन आवस्यक रहेको बताए ।

    कार्यक्रम बुटवल उद्योग बाणिज्य संघले बुटवलको देबिनगरमा आयोजना गरेको २० औ सस्करणको औद्योगिक ब्यापार मेलाको सन्दर्भ र रास्टृय च्याउ जागरण अभियान २०७६ को टोलि बुटवल आइपुगेको अवसर पारेर आयोजना गरिएको हो । च्याउ किसानका निति र रास्टृय च्याउ केन्द्रको स्थापना लगायतका माग राख्दै च्याउ किसानहरु पुर्बको मेचीदेखि पश्चिम महाकाली सम्मको यात्रामा पुस ९ गते देखि निस्किएको छ । रास्टृय जागरण कार्यक्रम यहि २९ गते काठमाडौमा समापन हुँदै छ ।

    अन्तरक्रिया कार्यक्रममा पुर्ब मन्त्री केशबलाल श्रेष्ठ ,प्रदेश ५,प्रदेश सभा सद्स्य तुलाराम घर्ती मगर, उद्योग बाणिज्य संघ मेला कृषि सम्योजक मन्जु भुसाल, रुपन्देही ब्यापार संघ अध्यक्ष यमलाल लोहनी , च्याउ उत्पादक किसान संघका महासचिव सन्तोष कार्की , सदस्य बिनोद कुमार लामिछाने , च्याउ उत्पादक किसान संघ रुपन्देही जील्ला उपाध्यक्ष कृष्ण पोख्रेल,सचिव रिसब पोख्रेल , लगायत च्याउ किसान अगुवाहरुको उपस्थिति रहेको थियोे । स्वास्थका दृस्टीकोणले पनि च्याउ सेवन उपयुक्त मानिन्छ ।

    © 2024 krishipatra All right reserved