सबल च्याउ उद्यमी समुहको उत्पादन शुभारम्भ

बुटवल, पुस ।
रुपन्देही सहित प्रदेश ५ का विभिन्न जिल्लाहरुमा समुह मार्फत च्याउ उत्पादनमा सक्रिय रहेको सबल च्याउ तथा कृषि उद्यमी समुह बुटवलले बुटवल–१३ बदेलपोखरीमा नयाँ च्याउ फर्म स्थापना गरेको छ । च्याउ फर्मको विहिबार नेपाल च्याउ उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीले शुभारम्भ गरे ।

विगतका बर्षहरुमा पनि च्याउ उत्पादन गर्दै आएको समुहले बदेलपोखरीमा यस बर्षको नयाँ च्याउ उत्पादनको लागि टनेल निर्माण सम्पन्न गरेको छ । विहीबार केन्द्रीय अध्यक्ष अधिकारीले पुजाँआजा गरी च्याउ बनाउन प्रयोग गरिने परालमा पहिलो पटक अग्नी जलाएर फर्मको उद्घाटन गरेका हुन ।

सबल च्याउ तथा कृषि उद्यमी समुह बुटवलका अध्यक्ष कृष्ण राज पोखरेलका अनुसार बदेलपोखरी क्षेत्रमा कुल २१ वटा नयाँ प्लाष्टिक टनेल निर्माण गरिएको छ ।

चिसो मौसममा यहि क्षेत्रबाट च्याउ उत्पादन गरी विक्रि वितरण गर्ने गरी टनेल निर्माण गरिएको समुहका सचिव ऋषब पोखरेलले जानकारी दिए । उनका अनुसार २१ वटा टनेलमा कुल ७ हजार बल्भ राख्ने गरी भौतिक संरचना निर्माण गरिएको छ ।
८ जना संस्थापक सदस्यहरुबाट सुरु भएको सबल च्याउ तथा कृषि उद्यमी समुहमा अहिले १८ जना व्यवसायीहरु आवद्ध भएका छन् ।

© 2025 krishipatra All right reserved