सातौं राष्ट्रिय पोल्ट्री दिवस रुपन्देहीमा मनाईने

  • प्रभातफेरी र अन्तरक्रिया तथा अस्पतालमा अण्डा सहयोग
  • बुटवल,  यस बर्षको राष्ट्रिय पोल्ट्री दिवस बुटवलमा मनाईने भएको छ । राष्ट्रिय स्तरको पोल्ट्री दिवस बुटवलमा पहिलो पटक मनाउन थालिएको हो ।
    उपत्यका वाहिर पोल्ट्रीको राजधानीको रुपमा पहिचान बनाएको चितवनमा कार्यक्रम भए पनि बुटवलमा पहिलो कार्यक्रम हो । सातौ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा बुटवलमा प्रभातफेरी, अन्तरक्रिया तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विरामी तथा अन्य व्याक्तिहरलाई अण्डा सेवन गराएर मनाईन लागिएको हो ।
    नेपाल अण्डा उत्पादक महासंघ र लुम्बिनी अण्डा उत्पादक संघको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो । विहिबार बिहान बुटवलको राजमार्ग चौराहाबाट प्रभातफेरी, मिलन चोकस्थित डोल्से रेष्टुरेन्टमा अण्डाका परिकार प्रदर्शन, विज्ञहरु अन्तरक्रिया कार्यक्रम गरिने नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । देशका सबै स्थानहरुमा अण्डाको बारेमा जानकारी दिन नया नया स्थानमा कार्यक्रम गर्दै आएको उहाँको भनाई रहेको छ ।
    पछिल्लो समय अण्डा उत्पादक किसानहरुले लागतमुल्य नपाउँदा किसानलाई मर्का परेको भन्दै उनले यसम सरकारले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
    लुम्बिनी अण्डा उत्पादक संघका जिल्ला वरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेले रुपन्देहीमा पहिलोपल्ट कार्यक्रम गर्न लागेको बताए ।
    किसान र उपभोक्तालाई प्रत्यक्ष भेटाउने काम कार्यक्रमबाट हुने उनले बताए । अहिले दैनिक ३२ लाख गोटा अण्डा उत्पादन हुने गरेको छ । रुपन्देहीमा अण्डा उत्पादक ८३ जना किसानहरु छन । नेपालभरि भने संघमा आवद्ध १ हजार १ सय कृषकहरु छन ।

    © 2022 krishipatra All right reserved