‘व्यवसायीक एकतामा जोड दिनुहोस्, समृद्धि आफै आउँछ’:–मुख्यमन्त्री पोखरेल

  • नेपाल डेरी एसोसीयशन को २१ औं केन्द्रीय साधारण सभा
  • बुटवल, पुस ।
    नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभा बुटवलमा सुरु भएको छ । साधारण सभाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले शभारम्भ गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले दुग्धजन्य बस्तुको विविधिकरण र ब्रान्डीङ्गको विकल्प नभएको बताउनुभाये । उहाँले व्यवसायीक एकता विना व्यवसाय सफल नहुने भन्दै डेरी जन्य बस्तुको उत्पादन तथा व्यवसायीकरणका लागि व्यवसायीहरुको विचमा एकता र सामुहिक उत्पादकत्वको भाव हुनुपर्नेमा जाड दिनुभयो ।

    मुख्य मन्त्री पोखरेलले कुनै पनि व्यवसाय सफल हुनको लागि सामुहिक एकता आवश्यक रहेको भन्दै डेरी एशोसीयसनसंग आवद्ध भएका व्यवसायीहरुले अझ बढि शंकलित, उत्पादित र वितरित दुध र दुग्धजन्य बस्तुको गुणस्तरमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।
    कुनै पनि बस्तु उत्पादन पश्चात यसको उपभोक्ता सम्म लैजानको लागि विश्वास जित्नु आवश्यक रहेको भन्दै मुख्य मन्त्रीले यसको लागि उपभोक्ताको स्वाथ्य समेत ख्याल गर्न आग्रह मुख्य मन्त्रीले गर्नुभयो ।


    आफुले उत्पादन गरेको कृषि जन्य उत्पादनहरुलाई मायाँ गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विरोधको रुपमा कुनै पनि दुध पोखरेल विरोध गर्नुको सट्टा विद्यालयमा लगेर निशुल्क विद्यार्थीहरुलाई दुध वितरण गर्न आग्रह गर्नुभयो । विरोध अनेक तरिकाहरु ह्ुने भन्दै मुख्यमन्त्री पोखरेलले यासो गर्दा पनि किसान र व्यवसायीहरुको कुरा सरकारले सुन्ने र पुन्य पनि कमाईने धारणा राख्नुभयो ।

    उत्पादनलाई व्यवसायीकता मा जोड्नपर्ने भन्दै मुख्य मन्त्री पोखरेलले घरको लागि दुध उत्पादनगर्न पशुपालन गर्नु भन्दा वाहिरबाट किनेर ल्यादा उपभोक्तालाई सस्तो पर्छ भन्ने विश्वास दिलाउन सकेमा मात्रै व्यवसायीकताले थप नाफा आर्जन गर्न सक्ने बताउनुभयो । प्रदेश सरकारले शुन्य व्याजमा कर्जा प्रदान गर्ने गरी बैंकहरु संग सल्लाह गरिएको जानकारी दिदै मुख्य मन्त्रीले भन्नुभयो –‘शुन्य व्याजदरमा लगानी गर्न सकियो भने अनुदान दुरुपयोग हुने कुरा नै हँुदैन ।’

    कार्र्यक्रलममा राष्ट्रिय सभा सदस्य लाल कुमार केसी, प्रतिनिधि सभा सदस्य मोहन बाँनीया, दुग्ध विकास संस्थानका महाप्रबन्धक बैकुण्ठ अधिकारी, प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदी, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय भैरहवाका प्रमुख विमल दाहाल, मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रीय उप सभापती गोविन्द खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुरा बोहोरा लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

    कार्यक्रममा नेपाल डेरी एशोसीयसनको बारेमा पुर्व अध्यक्ष सुमित केडीया, एशोसीयसनका भावि योजना र वर्तमान अवस्थाको विषयमा अध्यक्ष राधाकृष्ण सापकोटाले प्रष्ट पार्नु भएको थियो ।
    कार्यक्रममा प्रदेश ५ का संयोजक कृष्ण प्रसाद भट्राईको स्वागत, केन्द्रीय महासचिव प्रलाहद दाहलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ डेरी व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।

    © 2025 krishipatra All right reserved