
बुटवल । नेपाल डेरी एशोसियसन को २१ औं बार्षिक साधारण सभा बुटवलमा हुने भएको छ । यहि पुस १२ गते कालिकानगरमा रहेको महाराजा रिर्सोटमा साधारण सभा हुने भएको छ । साधारण सभाको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट उद्घाटन हुने कार्यक्रम तय गरिएको छ । साधारण सभाको पुर्व सन्धायामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले साधारण सभाको तयारी सबै पुरा भएको जानकारी दिए ।
नीजी क्षेत्र ले नै दुग्ध क्षेत्रको प्रसोधन, बजारीकरण गर्न सक्षम भएको भन्दै उनले वाहिरबाट ठुलो लगानीका उद्योगहरु भित्र्याउदा स्वादेशमा नै संघर्ष गरिरहेका उद्योगीहरु धरासाही हुने तर्फ सरकार सहज हुनुपर्ने बताएका थिए ।
यस्तै नेपाल डेरी एशोसीयसनका पुर्व अध्यक्ष सुमित केडीया ले गुणस्तरको विषयमा स्वदेशी व्यवासायीहरु तयार रहेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।नेपाल डेरीएशोसीयसनका केन्द्रीय महासचिव प्रलाह्द दाहालका अनुसार २१ औ साधारण सभामा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षयहरु आउने क्रम सकिएको जानकारी दिए ।
शनिवार विहान ठिक ११ बजे मुख्य मन्त्री शंकर पोखरेलबाट उद्घाटन कार्यक्रम राखिएको प्रदेश ५ संयोजक कृष्ण प्रसाद भटराईले जानकारी दिए ।
नेपाल डेरीएशोसियनका केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारीले किसानहरुले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थको बजारीकरण गर्दैै आएका व्यवसायीहरुलाई सरकारले समय सापेक्षा भन्दा पनि नितीगत रुपमा कडाई गरिएको भन्दै व्यवसायीहरुले सहज रुपमा उपभोक्ताको रुची अनुसारको व्यवसाय गर्न पाउने वातावरण मिलाउनको लागि आग्रह गरे ।