नेपाल डेरी एशोसियसनको केन्द्रीय साधारण सभा बुटवलमा मुख्यमन्त्री पोखरेलबाट उद्घाटन हुने

  • यहि पुस १२ गते महाराजा रिर्सोटमा आयोजना हुने
  • बुटवल, पुस ।
    दुग्ध क्षेत्रको उन्नती राष्ट्रको समुन्नती भन्ने मुल नाराका साथ नेपाल डेरी एशोसियसनको २१ औं केन्द्रीय साधारणसभा बुटवलमा हुने भएको छ । केन्द्रीय साधारण सभाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुहुनेभएको छ ।

    यहि पुस १२ गते बुटवल–११ कालिकानगर लालिगुँरास पथमा रहेको महाराजा रिर्सोटमा आयोजना हुने साधारण सभामा सहभागीताको लागि सबै क्षेत्रमा पत्रचार लगायतका तयारी पुरा गरिएको नेपाल डेरी एशोसीयसनका प्रदेश ५ का ईन्चार्ज कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो । साधारण सभामा दुधको महत्व, यसको विविधकरण लगायतका विषयमा देशभरबाट आएका डेरी व्यवसायीहरु, दुग्ध उत्पादक किसानहरुले व्यापक छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

    © 2025 krishipatra All right reserved