
बुटवल, मंसिर ।
प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले प्रदान गर्ने अनुदानमा थप पारदर्शीता अपनाउने भएको छ । अनुदान वितरणमा मन्त्रालयबाट कुनै पनि कमजोरी नगरिएको भन्दै मन्त्रालयले यो बर्ष प्रदानगर्ने अनुदानमा थप परादर्शीता अपनाउने, अनुगमन कार्य थप शशक्त बनाउने गरी कार्य अगाडी बढाएको हो ।
आईतबार मन्त्रालयमा पत्रकारसम्मेलनको आयोजना गरी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पहिलो बर्षमा आएका विभिन्न कुराहरुलाई मध्यानगर गर्दै आगामी दिनमा अनुदानलाई थप प्रभावकारी बनाईने बताउनुभयो ।
मन्त्री पौडेलले अनुदान वितरणमा कुनै पनि किसीमको कमी कमजोरी भटिएमा कर्मचारी वा अन्य कुनै लाई पनि कारवाही गरिने भन्दै उनले यस बर्ष छिट्टै नै अनुदान सम्बन्धी सूचना प्रकाशन गरिएको कारण अन्तीम समयमा आएर गरिने अनुगमन बन्द हुने जानकारी दिनुभयो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले विगत बर्षहरुमा जस्तो यो बर्ष अनुदानग्राहीको लागि मंसिर महिनामा नै सुचना प्रकाशन गरिएको जनाकारी दिदै अब अनुदानको विषयमा सबै कुरा छान विनगर्न सजिलो भएको बताउनुभयो ।
अव अनुदान कृषि विकास निर्देशनालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र मन्त्रालय मातहतका ज्ञान केन्द्र र विज्ञ केन्द्र बाट वितरण गरिने उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि विकास निर्देशनालयका प्रमुख यम नारायण देवकोटा, पशुपंक्षि तथा मत्स्य विकास निर्देशलयानका प्रमुख तुलसीराम भण्डारी, मन्त्रालयका पशुपंक्षि महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेल, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरे, प्रशासन महाशाखा प्रमुख श्रीधर ज्ञवाली लगायतले सहभागीता रहेको थियो ।