चार करोडमा पशु फर्म स्थापना, देशकै नमुना फर्म बनाउने योजना

  • पहिलो चरणमा ७० वटा भैंसीबाट सुरु गरेका उनले अव छिट्टै २ सय वटा भैसी पालन गर्ने योजना बनाएका छन् ।
  • बुटवल,  मंसिर ।
    पछिल्लो समयमा युवा पुस्ताहरूको कृषि क्षेत्रमा आकर्षण बढ्दै गएको छ । कृषि तथा पशुपालनमा लागेर विदेशमा भन्दा पनि राम्रो आम्दानी गर्नको लागि युवाहरूको आकर्षण बढ्दै आएको छ । सोही क्रममा कास्की जिल्लाको पोखरा क्षेत्रमा लगायतका विभिन्न स्थानमा १६ बर्ष सम्म पशुपालन क्षेत्रमा अनुभव बटुलेका एक जना युवा कृषि उद्यमीले रूपन्देहीमा ४ करोड लागतमा नमुना फर्म स्थापनान गरेका छन् ।

    पशुपालनमा लामो समयदेखि अध्ययन तथा अनुभव संगालेका रूपन्देहीका शौरभ शेरचनले ४ करोड लागतमा पशु फर्म स्थापना गरेका हुन । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहवा गाउँ कान्छी बजार देखि नजिकै उनले आफ्नै जग्गामा उक्त फर्म स्थापना गरेका हुन । २३ कठ्ठा क्षेत्रफलमा अहिले उनको नमुना फर्म स्थापना भएको छ ।

    पोखरामा विगत लामो समय देखि पशुपालन गर्दै आएका उनले त्यहाँको मौसम ठुलो संख्यामा पशुपालन गर्न वातावरण अनुकूल नभएको भन्दै अहिले उक्त फर्मलाई रूपन्देहीमा ल्याएर सुरुवात गरेका हुन ।
    कामधेनु क्याटलल व्रिड एण्ड रिसर्च सेन्टर प्रालि (फार्म) दर्ता गरी फर्म सुरुवात गरेका हुन । अहिले पोखरा लगायतका स्थानबाट हरियाणा जातको भैसी ल्याएर फर्ममा राखिएको छ । पहिलो चरणमा ७० वटा भैंसीबाट सुरु गरेका उनले अव छिट्टै २ सय वटा भैसी पालन गर्ने योजना बनाएका छन् ।

    जसको लागि जग्गामा अहिले फर्मको स्तरोन्नति तथा निर्माणको काम गरिएको छ । आधुनिक शैलीबाट बाधुवा भन्दा पनि खुल्ला छोडेर भैंसी पालन गर्ने योजना बनाएका उनले सोही अनुसारको गोठको संरचना समेत निर्माण गरेका छन् ।
    फर्ममा आधुनिक ढंगबाट करिव २ वटा वडा भैंसीपालन गर्न सकिने गरी संरचनाको डिजाईन गरी निर्माण गरिएको छ ।
    पहिलो चरणमा भैंसी मात्रै पालन गर्ने सोँच बनाएका उनले केही मात्रामा गाई पनि थप्ने थप योजना बनाएका छन् ।

    अहिले सुरुवात चरणमा रहेको कारण ७० लिटर जति दूध डेरीमा पठाउने गरेको जानकारी दिँदै उनले सोही अनुपातमा भैंसीको संख्या थपिँदै गएमा यसको मात्रा बढ्ने बताउँछ । उनी भन्छन्–‘अहिले सम्ममा करिब ४ करोड जती लगानी गरेको छु, जग्गा व्यवस्थापन घाँस खेतीको काम चलिरहेको छ ।’
    भैसीको लागि आवश्यक पर्ने घाँस खेती प्राविधिकहरूको सल्लाह अनुसार नै गर्ने योजना रहेको जानकारी दिँदै सञ्चालक शेरचनले घाँसमा केही समस्या आएको कारण तराई क्षेत्र रोजिएको जानकारी दिए ।

    अहिले नयाँ निर्माण गरिएको फार्मको संरचनामा बच्चालाई फिडिङ्ग गर्ने स्थान, माउको लागि अलग्गै स्थान, खुल्ला रूपमा यसको संरचना निर्माण गरिको छ । जसको कारण पशु खुल्ला रूपमा डुल्न पाउने हुँदा यसबाट दुध उत्पादनमो मात्रा समेत बढि हुने र सोही अनुसार दुधको गुणस्तरमा समेत बढोत्तर आउने अपेक्षा गरिएको छ ।

    भैसीको लागि ६ विघा क्षेत्रफलमा घाँस खेती समेत सुरुवात गरिएको छ । हरियो घाँसमा आधारित पशुपालनबाट उत्पादन समेत वृद्धि हुने भएको कारण घाँस खेतीलाई जोड दिइएको सञ्चाल शौरभ शेरचनको भनाई रहेको छ ।
    नेपालमै सबैभन्दा भैसी पालन गर्ने गरी नमुना फर्म स्थापना गर्ने लक्ष्य अनुसारको योजना अगाडी बढाइएको सञ्चालकको भनाई रहेको छ ।

    भविष्यमा बधियाँ भाले

    नमुना फर्मको रूपमा स्थापना गर्ने योजना बनाएका कामधेनु क्याटलल व्रिड एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक शौरभ शेरचनले निकट भविश्यमा नै कुखुरामा बधियाँ भाले उत्पादन गर्ने गरी सोही अनुसारको ह्याचलिङ्ग समेत स्थापना गर्ने जनाएका छन् । जसको लागि सबै तयारी पुरा भएको भन्दै उनले सोही अनुसार फर्म निर्माणको काम अगाडी बढेको बताए । नेपालमै नमुना बधियाँ भाले उत्पादन गर्ने योजना अनुसार सोही अनुसारको जग्गा व्यवस्थापन समेत गरिएको उनको भनाइ छ ।

    souse: Butwal_ today

    © 2024 krishipatra All right reserved