जलवायुमैत्री कृषि नमुना सिकाई कार्यशाला बुटवलमा सम्पन्न

बुटवल, २३ मंसिर ।
राष्ट्रिय कृषक समुह महासंघ नेपाल प्रदेश ५ को आयोजनामा बुटवलमा जलवायु मैत्री कृषि नमुना सिकाई कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको सुभारम्भ गर्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले अवको आवश्यकता भनेको नै जलवायुमैत्री कृषि पद्धती नै रहेको बताउनुभयो । उहाले किसान, समुह तथा सहकारीहरुको कृषि प्रसारमा विशेष महत्व हुने भएको भन्दै समुह, सहकारी वा महासंघलाई प्रदेश सरकारले के कसरी सहयोग वा संमन्वय गर्ने भन्नेमा सरकार तयार रहेको जनाकारी गराउनुभयो ।
कार्यक्रममा राष्ट्रिय कृषक महासंघ नेपालका केन्द्रीय अध्यक्ष नवराज बस्नेतले किसान पहिचान र बर्गीकरण, जग्गा भाडामा लिँदा खेती, बाली र पशु विमा र कृषिसल्लाह सुझावको विषयमा कार्यपत्र प्रस्तुतगरेका गर्नुभएको थियो ।

यस्तै कार्यशालामा राष्ट्रिय कृषक महासंघ नेपालका केन्द्रीय सचिव रामहरी शर्माले संस्थाले गर्दैै आएको कार्य, हाल सम्मका विषयहरु र आगामी योजनाकोविषयमा कार्यपत्र प्रस्तुती गनुर्नभएको थियो । यस्तै सिकाई अभ्यासका तरिका, रणनीतिको विषयमा केयर नेपालमा जिवनाथ शर्माले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएकोे थियो ।
कार्यक्रmममा बोल्दै पाल्पाको रैनादेवी गाउँपालिकाका उपाध्यक्ष चेतना थापाले किसानहरु संगको सहकार्यमा गाउँपालिका अगाडी बढिरहेको जानकारी दिदै स्थानिय तह, प्रदेश सरकार केन्द्र सरकारको विचमा कृषिको विकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मगन सिंह थापा, प्रदेश ५ का अध्यक्ष सर्वजित विष्ट, सचिव तिलक केसी, प्रदेश ५ उपाध्यक्ष गिता थापा लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । किसान महासंघले केन्द्र सरकार, स्थानिय तह र प्रदेश सरकारको विचमा के कसरी पुलको काम गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको प्रदेश अध्यक्ष सर्वजित विष्टले जानकारी दिनुभयो । कार्यशालामा प्रदेश ५ का विभिन्न जिल्लाहरुबाट किसान, कृषक समुहका अध्यक्ष तथा प्रतिनिधिहरु, समुह सहकारीका अध्यक्ष तथा प्रतिनिधीहरु, स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु र सरोकारवालाहलरुको सहभागीता रहेको थियो ।

© 2025 krishipatra All right reserved