प्रदेश ५ का कृषि सचिवलाई स्वागत तथा सम्मान

बुटवल, मंसिर ।
हालै मात्रै सुरुवा भएर आउनुभएका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५का कृषि सचिव तेज बहादुर सुबेदीलाई बुटवलमा स्वागत तथा सम्मान गरिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समिति र लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको को संयुक्त आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै नव आगन्तुत सचिव सुवेदीले सरकारी नीति नियममा रहेर किसान, व्यवसायीहरुको हक हितको लागि सदैभ काम गर्ने बताउनुभयो । उहाँले सरकारले ल्याएका नीति तथा कार्यक्रमहरु सरकार एक्लैले कार्यान्वयन गर्न नसक्ने भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीसंघका अध्यक्ष केशव कुँवरले संघको अवस्थाको विषयमा जानकारी दिदै सरकारी क्षेत्रबाट किसान तथा व्यवसायीहरुले गर्नुपर्ने कार्यको बारेमा धारणा राख्नुभएको थियो ।


यस्तै बुटवल कृषि उपज थोक बजार समितिका अध्यक्ष घनश्याम भुषाल(गोपाल)ले उपत्यका बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्रको स्थापना, हाल भैरहेका कार्यहरु, सरकारी क्षेत्रबाट गरिएको अपेक्षाको विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तथा बुटवल कृषि उपज केन्द्र थोक बजारका निमित्त बजार व्यवस्थापक राम बहादुर खत्रीको सञ्चालनमा भएको थियो ।

© 2022 krishipatra All right reserved