यसरी मनाईयो रुपन्देहीमा विश्व मत्स्य दिवस (फोटो फिचर)

  • १ लाख कार्प जातका माछाहरु छोडीएको हो
  • बुटवल, मंसिर
    विश्व मत्स्य दिवस अवसरमा रुपन्देहीमा सियारी अमुवामा रहेको तिनाउन नदिमा १ लाख माछाका भुराहरु छोडीएको छ । छपिया जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्था परिषसबाट सुरुभएको बाजागाजा सहितको -याली र पथ्थरडाँडा क्षेत्रबाट सुरु भएको अर्को -याली तिनाउ नदि पुल(अमुवा)मा गएर नदि मा १ लाख कार्प जातका माछाहरु छोडीएको हो ।

    यालीमा माछा सम्बन्धी विभिन्न जनचेतानमुलक प्लेकार्ड, व्यानर प्रर्दशन गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य सुपरजोन रुपन्देही, नेपाल मत्स्य व्यवसायी संघ, जिल्ला कार्य समिति, रुपन्देही, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन श्रोत केन्द्र, ठुठीपिपल भैरहवा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. ५, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीको संयुक्त आयोजानमा कार्यक्रम भएको हो ।
    सहयोगी संस्थाहरुको रुपमा कृषि तथा पशु विज्ञान अध्धयन संस्थान, पक्लिहवा कृषि क्याम्पस भैरहवा, जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि., बनघुसरी रुपन्देही, मण्डल मत्स्य ह्याचरी, पत्थरडाँडा, रुपन्देही रुपन्देही र जनता मा.वि., पश्चिम अमवा (प्राविधिक शिक्षालय) रुपन्देही रहेका थिए ।
    हेरौ मत्स्य दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका तस्वीरहहरः फोटो फिचर


    © 2023 krishipatra All right reserved