थपिदैं व्यवसायी, बढ्दै मत्स्य पर्यटन

  • ४ वटा गाउँपालिकाको कुल २९ हजार ३ सय ६ हेक्टर क्षेत्रफल मा माछा पालन थपिएको छ
  • बुटवल, मंसिर । आज विश्व मत्स्य दिवस विश्वभर मनाईंदै छ । रुपन्देहीको छपिया क्षेत्र, माछाको प्रख्यात क्षेत्रको रुपमा पहिचान बनाएको छ । केही बर्ष पहिला त्यहाँका स्थानीय व्यवसायीहरुले माछा पाल्ने र बुटवल, भैरहवा क्षेत्रमा लगेर विक्रि गर्ने गर्दथे । उनीहरुले कतिपय व्यवसायीहरु संग सम्झौता गरी व्यवसायीहरु नै माछा पोखरीमा आएर माछा जाल हानी माछा लगेर विक्रि गर्ने गर्दथे । कोही नयाँ व्याक्ति वा माछाका पारखीहरु छपिया क्षेत्रमा गएर माछाका परिकारहरु खानु प¥यो भने खान सक्ने वातावरण थिए ।

    तर अहिले यो अवस्था पुरै परिर्वतन भएको छ । माछाको ‘राजधानी’ कै रुपमा पहिचान बनाउदै गएको सियारी गाउँपालिका(छपिया) क्षेत्रमा अहिले आधुनिक, सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट देखि ज्युदो माछा पसल विक्रि केन्द्र समेत स्थापना भएका छन् ।
    माछा पोखरीकै निर्माण गरिएका आर्कष र मौलिक टौवा, टौवाको विचमा बसेर माछालाई जालमा हानी माछा मार्ने, त्यहि माछा पकाएर माछाका परिकारहरु खाने गरी माछाका रेष्टुरेन्ट समेत सञ्चालन भएका छन ।

    प्रदेश सरकारले समेत यि र यस्ता रेष्टुरेन्टलाई सहयोग गरेको छ । रुपन्देहीमा त्यहाँका स्थानिय वासिन्दाहरु मात्रै होईन, बुटवल, भैरहवा, काठमाण्डौबाट समेत मत्स्य व्यवसायमा लगानी गर्नेव्यवसायीहरुको संख्या बढ्दै गएको छ ।

    पहिला मत्स्य जोन, अहिले सुपरजोन लागू भएको छपिया क्षेत्र लगायतका ४ वटा गाउँपालिका समेटिएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य सुपरजोन सञ्चालक समितिका अध्यक्ष गणेश बहादुर शाही भन्छन्–‘मत्स्य व्यवसायीहरुको संख्या दिनको दिन बढ्दै गएको छ , बुटवल, भैरहवा क्षेत्रबाट समेत आएर लगानी गर्ने, रेष्टुरेन्ट, पोखरी निर्माण गर्ने सञ्चालन गर्ने क्रम समेत बढ्दै गएको छ । ’
    सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैंडहवा गाउँपालिका, मायादेवी गाउँपालिका मा अहिले मत्स्य सुपर जोन लागू भएको छ । संघीय सरकार अन्र्तगत रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, मत्स्य सुपर जोनमा मत्स्य विकास अधिकृत तथा सूचना अधिकृत रमेश जैसवालका अनुसार हाल मत्स्य सुपरजोन क्षेत्रले ४ वटा गाउँपालिकाको कुल २९ हजार ३ सय ६ हेक्टर क्षेत्रफल ओगटेको छ ।
    सुपरजोनमा कुल ९३ वटा कृषि सम्बन्धी सहकारीहरु आवद्ध रहेका छन् भने कृषकहरुको संख्या कुल ३ सय १७ जना रहेका छन् । यस्तै मत्स्य पालन सम्बन्धी समुहको संख्या कुल ३६ वटा रहेका छन् । जसमा सबैभन्दा बढि गैडहवा र सियारी गाउँपालिकामा रहेका छन् । भने मत्स्य उत्पादन कृषि सहकारी संस्था समेत स्थापना भएर सञ्चालनमा आएको छ ।
    मत्स्य जोन लागू भएपछि हाल सम्म कुल १ सय २७.२५ हेक्टर क्षेत्रफलमा माछा पोखरी थप निर्माण भएका छन् । यस्तै मत्स्य ह्याचार निर्माण १ वटा, कस्टम हायरिङ्ग सेन्टर २ वटा, एरियर मेसिन प्रदान ४५ वटा, पोष्ट हाभेष्ट स्थापना २ वटा, जिउदो माछा पसल ६ वटा स्थापना भएका छन् ।
    छपिया क्षेत्रमा माछाको रिर्सोटको रुपमा पहिचान बनाएका दुई वटा रिर्सोट अहिले चर्चामा छन् । छपिया फिस भिलेज रिर्सोट सियारी ४ शिवपुर रुपन्देही मा रहेको छ । जसमा प्रदेश सरकारले मत्स्य पर्यटनको गन्तव्यमा विकास गर्ने गरी २५ लाख रुपैयाँ अनुदान समेत प्रदान गरेको छ ।
    सियारी फिस भिलेजका सञ्चालक गौरव गौतमका अनुसार छपिया क्षेत्रमा गएर माछाका परिकारहरु खाने स्थानको अभाव, परिपाटीकै अभावको विचमा माछा खाने बानीको विकासकोलागि समेत रिर्सोट स्थापना गरिएको हो । उनी भन्छन्–‘अहिले रिर्सोट सञ्चालन आएपछि माछा पालन मात्रै होईन, माछाको विविधिकरण, मत्स्य परिकारको विक्रि वितरण समेत बढेको छ । ’

    सरकारी स्तरबाट समेत मत्स्य व्यवसायहरुका लागि ठोस योजना, गुरुयोजना निर्माण गरी अगाडी बढ्नुपर्नेमा उनको भनाई छ ।
    छपिया क्षेत्रमा बनघुसरी फिस भिलेज लज एण्ड रेष्टुरेन्ट, सियारी फिस भिलेज एण्ड एग्रो रिर्सोट प्रालि लगायतका रिसोटहरु थपिएका छन् ।यस्तै सुविधा सम्पन्न सत्कार होटल तथा लज, रेष्टुरेन्टहरु समेत पछिल्लो समयमा थपिएका छन् । यसको अलवा लुम्बिनी भ्यु प्यालेसको रुपमा आवसीय रिसोर्ट संचालनको अन्तिम तयारीमा रहेको छ भने थप ३ स्थानमा फिस भिलेज निर्माणाधीन अवस्थामा रहेका छन् ।
    पछिल्लो समयमा पोखरीमा एरिएटर मेशिन, पेलेट फिड मेशिन, अटोमेटिक तथा डिमाण्ड फिडर मेशिन, चरा धपाउने मेशिन, सेची डिस्क, डी.ओ.मिटर, पि.एच.मिटर लगायतका विभिन्न यन्त्रहरुको प्रयोगमा किसानहरुले वृद्धि गर्दै लगेका छन् । जसबाट उत्पादकत्व समेत वृद्धि हुने अपेक्षा गरिएको छ । sourse: बुटवल टुडे

    © 2025 krishipatra All right reserved