बुटवल, कार्तिक ।
काठमाण्डौ बाहिरको सबैभन्दा ठुलो बुटवल कृषि उपज तथा थोक बजार केन्द्रको व्यवस्थिति सञ्चालनको लागि अनुगमन गरिएको छ । सञ्चालन समिति, कर्मचारी तथा सम्बन्धीत सरोकारवाला निकायको संमन्वयनमा अनुगमन गरिएको हो । बुटव उपमहानगरपालिका र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र व्यवसायी र किसानहरुको संयुक्त लगानीमा सञ्चालन भएको बुटवल कृषि उपज केन्द्र अहिले सुन्तलाको विक्रि मौसम सुरुवात भएको छ ।
बुटवल कृषि उपज केन्द्रकाका बजार व्यवस्थापक तथा कृषि विकास निर्देशनालय प्रदेश ५ का बाली संरक्षण अधिकृत राम बहादुर खत्रीका अनुसार उपज केन्द्रमा व्यवसायीहरुले तोकीएको स्थान भन्दा अन्य बढि स्थान बाहिर समेत सामान तथा कृषि जन्य अन्य बस्तु राखेको कारण व्यवसाय सञ्चालनमा असहज भएको गुनासो व्यवसायीहरुबाट नै आएको कारण अनुगमन गरिएको जानकारी दिए । उनका नअुसार अनुगमनको क्रममा सटरको छत्ती भन्दा बाहिर सामान राखेर विक्रि वितरण गर्दै आएका व्यवसायीहरुलाई सम्बन्बन्धीत तोकीएको स्थानबाट मात्रै व्यवसाय गर्नको लागि आग्रह गरिएको छ ।
यस्तै सुन्तलाको थोक विक्रि गर्दै आएको स्थानमा ईजाज पत्र लिएर मात्रै व्यवसाय सञ्चालन आग्रह गरिएका छ भने सम्बन्धीत व्यवसाय सञ्चालन गर्ने व्याक्तिहरुलाई नीति नियम अनुसार नै कार्य अगाडी बढाउनको लागि आग्रह गरिएको छ ।
बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषाल, गोपाल पौडेल, मोतिराज शर्मा खनाल, जानकी कुमार कुँवर(थारु), बजिर शाह, भिमकान्त पन्थी लगायतको सहभागीता रहेको थियो ।