आधुनिक प्रविधि सिक्दै प्रदेश ५ का किसान

  • प्रदेश५ का विभिन्न स्थानमा ११ वटा हाईटेक टनेल निर्माण गरी अहिले व्यवसायीक खेती गरिएको छ
  • बुटवल, कात्तिक ।
    रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घोडाहाका किसान अहिल नयाँ प्रविधिमा अभ्यास्तै हुदै छन् । दुई स्थानमा ठुलो आकारमा हाईटेक टनेलमा किसान विष्णु प्रसाद पाण्डेले खेती गरेका छन् । गत सिजनमा टमाटर, सिमी सिमला मिर्च लगाएका उनले राम्रो आम्दानी गर्न सफल भएका छन् ।

    पहिलो पटक नयाँ प्रविधि हाईटेक टनेलमा खेती गरेका उनको लागि यो नयाँ अनुभव हो । देवदह स्मार्ट कृषि गाउँ कार्यान्यवन समितिको सदस्य सचिव रहेका विष्णु प्रसाद पाण्डेले किसानहरुमा नयाँ प्रविधिको विषयमा अभ्यस्त हुने बानी विकास हुदै गएको बताउँछन् ।, उनी भन्छन्–‘हामीहरुमा केही नयाँ प्रविधिको विषयमा सिक्ने र सिकाउने बाँनीको विकास हुँदै गएको छ । ’

    टनेल निर्माण गरी कृषि कर्म गर्दा अन्य भन्दा दोब्बर आम्दानी हुने भएको कारण स्मार्ट कृषि गाउँको दुई स्थानमा टेनलमा खेतीलाई अगाडी बढाइएको उनको भनाई रहेको छ । प्रदेश सरकारले ५० लाख र स्थानिय तहले १० लाख गरी कुल ६० लाख लागतमा अहिले स्मार्ट कृषि गाउँमा प्रविधि विस्तारका साथै विभिन्न पुर्वाधार निर्माणका कामहरु जारी रहेका छन् ।

    उक्त गाउँमा १ सय ५ जना किसानहरुले व्यवसायीक रुपमा कृषिमा लागेको छन् । प्रदेश नम्बर ५ सरकारले अघिल्लो आर्थिक बर्षमा सुरु गरेको स्मार्ट कृषि गाउँ अन्र्तगत प्रदेश ५ का ५२ वटा स्थानमा अहिले स्मार्ट कृषि गाँउ कार्यान्वयन रहेका छन् । आगामी आर्थिक बर्षमा थप गरी सबै पालिकाहरुमा स्मार्ट कृषि गाउँको अवधारण ल्याएको छ । जस अनुसार १ सय ९ वटा स्थानिय तहमा स्मार्ट कृषि गाउँ निर्माण हुने छन् ।

    यो एउटा उदाहरण मात्रै हो । प्रदेश ५ का विभिन्न स्थानमा ११ वटा हाईटेक टनेल निर्माण गरी अहिले व्यवसायीक खेती गरिएको छ । तरकारी तथा फलफुल प्रर्वद्धनका लागि गत आर्थिक बर्षमा ९ वटा तरकारी उत्पादन र २ वटा फलफुल नर्सरीका लागि प्रदेश सरकारले ११ वटा हाईटेक टनेल(हाउस) निर्माण गरेको थियो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का अनुसार तरकारी खेती हाईटेक टनलेमा कुल ३२ रोपनी क्षेत्रफलमा गरिएको थियो । जसमा ४० टन भन्दा बिढको तारकारी उत्पादन भै तरकारीको उत्पादकत्वमा वृद्धि भएको मन्त्रालयको भनाई छ ।
    पाल्पा जिल्लाका जिल्लामा चार कृषकहरु ’हाईटेक प्रविधि’ बाट उत्पादन सुरु गरेका छन् । तानसेन नगरपालिकाका १ सय १२ संस्थागत समूह, सहकारी, निजि उद्यमी र उपभोक्ता समूहले हाईटेक प्रविधिमा उत्पादन गरेका छन् ।

    प्रधानमन्त्री कृषि परियोजनाबाट जसमा २ हजार ४ सय ३१ घरपरिवार समावेश भएका छन् । नवप्रतिभा कृषि तथा पशु फर्म तानसेन नगरपालिका–७, काजिपौवाकी सिताकुमारी नेपाल, सुर्यज्योती कृषक समूह तानपा–८ मदनपोखराका ध्रुव भण्डारी, प्रगतिटोल कृषक समूह तानपा(९, का इन्द्र पौडेल र तानपा–७ की धनमाया कुमालले हाईटेक प्रविधिमा बेमौसमी तरकारी खेती गर्न लागेका हुन् । हाईटेकमा १५ प्रतिशत किसानको र ८५ प्रतिशत परियोजनाले सहयोग गरेको छ । १२ मिटर चौडाइ र २४ मिटर लम्बाइको आधुनिक प्रविधियुक्त टनेल निर्माण गरी किसानहरुले खेती गर्दै आएका छन् । जिल्लामै पहिलोपटक नमुनाका रूपमा बनाइएको टनेलमा १ लाख ६९ हजार घिमिरेको खर्च छ । बाँकी ९ लाख ५८ हजार परियोजनाले सहयोग गरेको थियो ।

    भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेका अनुसार हाईटेक टनलेबाट परम्परागत उत्पादन भन्दा ५० प्रतिशत बढिले उत्पादकत्व वृद्धि हुने प्रक्ष्येपण गरिएको छ । आम्दानीमा करिव ३६ देखि ४८ लाख रुपैयाँ बरारबरको आम्दानी किसानहरुले ९ टनलेबाट गर्न सक्ने अनुमान प्रदेश सरकारको रहेको छ । यस्तै २ वटा हाईटेक टनेल नर्सरीबाटकरिव ३० हजार भन्दा बढि विरुवा उत्पादन हुने अपेक्षा गरिएको छ ।

    © 2024 krishipatra All right reserved