प्रदेश ५ मा साढे ४ लाख मेट्रिक टन खाद्यान्न बचत

  • ४ लाख ३ हजार ६ सय ८२ मेट्रिक टन बचत
  • बुटवल,  कार्तिक ।
    खाद्यान्न उत्पादनमा प्रदेश ५ अब्बल प्रदेशको रुपमा पहिचान बनाएको छ । यद्यपी प्रदेशमा खाद्यान्न उत्पादन भएर बचत हुने गरेको भएपनि आयात भने रोकीएको छैन ।

    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाका अनुसार प्रदेश ५ खाद्यान्नमा आत्मनिर्भर हुँदा हुदै पनि उत्पादित खाद्यान्न खान नजानेको कारण प्रति बर्ष खाद्यान्न आयात गर्नुपरेको बताए ।
    उनका अनुसार प्रदेशको समग्र खाद्यान्न वासलात नियाल्दा १३ लाख ३७ हजार ९ सय ८७ मेट्रिक टन उपभोग्य खाद्यान्न उपलब्ध रहेकोमा आवश्यक खाद्यान्न ९ लाख ३४ हजार ३ सय ४ मेट्रिक टन रहेको छ । उपलब्ध रहेको खाद्यान्न बाट ४ लाख ३ हजार ६ सय ८२ मेट्रिक टन बचत रहेको छ । खाद्यान्न्न उत्पादन आवश्यकताको अध्ययन गर्दा तराईका रुपन्देही, कपिलवस्तु, वर्दिया, दागं र बाकें जिल्ला खाद्यान्न वचतमा निकै मजबुत देखिन्छन ।

    तर उत्पादित खाद्यान्न बालीहरूको समान रुपमा उपयोग हुन नसम्नु र खाद्यान्नमा बढी मात्रामा चामलको उपयोगबाट पनि ठूलो परिमाणमा चामल आयत भएको निर्देशनालय प्रमुख देवकोटाको भनाई रहेको छ । कूल उत्पादन हुने खाद्य बस्तु मध्ये १÷३ (करिब ३३ प्रतिशत) (उत्पादन देखि उपभोग सम्म) खेर जाने गरेको छ । यसरी खेर जाने खानालाई न्यूनीकरण गर्दा विश्वमा हरेक वर्ष खानाको अभावबाट हुने मानिसको मृत्यु घटाउन सकिने निर्देशनालय प्रमुख देवकोटाको भनाइ छ ।

    नेपालीको बढ्दो भात खाने प्रवृतिले अन्य स्वस्थकर खाद्यान्न बालीको उपयोगमा कमी हुन गई ठूलो परिमाणमा चामलको आयात हुने गरेको हो । यसरी भात खाने बढ्दो संस्कारलाई प्रतिस्थापन गर्न मकै, गँहु, कोदो, फापर लगाएत रैथाने तथा कम उपयोग भएका बालीहरूको परिकारहरू उपभोग गरी खाद्यान्नको विविधीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको विज्ञहरुको सुझाव छ । प्राकृतिक स्रोत बढी प्रयोग हुने खानाको उपभोगमा कमी गर्ने कार्य गर्नुपर्नेमा कृषि विकास निर्देशनालय प्रदेश ५ का बरिष्ठ अर्थ विज्ञ विज्ञ बुद्धिराज घिमिरे बताउछन् । खाद्य बस्तुको भौतिक उपलब्धता, खाद्य बस्तुको भौतिक र आर्थिक पहुँच पर्याप्त खाद्य वस्तुको उपयोग गर्नुपर्नेमा उनको भनाई छ ।
    मानिसलाइ जे जति खाद्यान्न आवश्यक पर्दछ सोही मात्र सेवन गरेमा खाद्यान्न बचत हुने उनको भनाई रहेको छ ।

    उच्च पहाड र पहाडको लागि (प्रति व्यक्ति प्रति दिन) ः २,३४० किलो क्यालोरी, तराईको लागि (प्रति व्यक्ति प्रति दिन)ः २,१४० किलो क्यालोरी र राष्ट्रियस्तरमा सरदर प्रति व्यक्ति प्रति दिन २,२५० किलो क्यालोरी आवश्यकता निर्धारण गरिएको छ ।
    खाद्यान्न, दलहन, आलु, कन्दमूलबाट ८७.३ प्रतिशत र अन्य (दूध, दही, पनिर, माछा, मासु, अण्डा तथा फलफूलबाट) १२.७१ प्रतिशत प्राप्त गर्नु पर्दछ ।
    à

    © 2024 krishipatra All right reserved