दाङमा कुखुरा व्यवसायीबिच विवाद फरक–फरक मूल्य कायम

  • व्यवसायीले मूल्य बढाउने तयारी
  • दाङ, दाङमा तयारी कुुखुराको मूल्य बढाउनका लागि कुखुरा व्यवसायीहरुबीच नै विवाद देखिएको छ । व्यवसायीहरुबिच नै विवाद देखिएपछि मूल्यमा एकरुपता आउन सकेको छैन् । केहि व्यवसायीहरुले अहिले पनि तयारी कुखुराको मूल्य पुरानै कायम राखेका छन् भने केहि व्यवसायीले नयाँ मुल्य कायम गरेका छन् ।

    किसानको आन्दोलनले बजारमा कुुखुराको अभाव देखिन थालेपछि माग अनुसार मूल्य बढाउन केहि व्यवसायीहरु लचक देखिएका हुन् । मूल्य बढाउन केहि व्यवसायी सहमत नदेखिएपछि आफुहरु तीन व्यवसायी मिलेर अहिले तयारी कुखुराको मूल्य १० रुपँया बढाएर १ सय ९० मा कायम गरेको आचार्य पोल्ट्री सप्लार्यसका संचालक किरण आचार्यले बताए । ‘बजारमा तयारी कुखुराको मूल्य प्रतिकेजी १८० कायम भएपछि ब्रोइलर पालक किसानले आन्दोलन थालेका छन् उनले भने–‘ हामीले किसानको समस्यालाई मध्यनजर गर्दै मूल्य बढाएका छौँ तर केहि व्यवसायी साथीहरु मूल्य बढाउन मान्नुभएको छैन् ।

    अन्य व्यवसायीहरु भने यथावत मुल्य भन्दा अरु बढ्न नसक्ने बताएका छन् । तयारी कुखुराको मूल्य बढाउने विषयमा व्यवसायीबीच विवाद देखिएपछि अहिले तयारी कुखुराको खोर काँटा फरक–फरक मूल्य रहेको छ । कतिपय व्यवसायीले १८० रुपैँयामा तयारी कुखुरा खरिद गर्दै आएका छन् भने कतिपयले १९० मा खरिद गर्दै आएका छन् । मूल्य बढाउने व्यवसायीहरुबिच छलफल भएतापनि कति बढाउने भन्ने विषयमा निष्कर्षमा नपुगेको तुलसीपुर कुुखुरा व्यवसायी समितिका अध्यक्ष ताराप्रसाद पौडेलले बताउनुभयो ।

    अहिले नै १९० बनाउने वा १८० कायम राख्ने केहि टुंगिएको छैन, केहि व्यवसायी साथीहरुले त १९० रुपैँयमा खरिद गर्न शुरु गरिसक्नु भएछ उहाँले भन्नुभयो– मैले त असोज २८ गते १८० मा नै खरिद गरेको थिएँ , त्यसपछि खरिद गरेको छैन् ।

    बजारमा अन्य कुखुरा व्यवसायीले मूल्य बढाएपछि आफुले पनि बढाउने तयारी रहेको अध्यक्ष पौडेलले बताउनुभयो । अरु केहि साथीहरु त मूल्य बढाउने पक्षमा देखिनुभएको छैन्, तर म त १९० मा चाँही पु¥याउँछु होला, उहाँले भन्नुभयोे–बजारमा तयारी कुखुराको माग भन्दा धेरै उत्पादन भएपछि मुल्यमा ह्रास आएको हो, अब केहि बढ्न सक्छ । ब्रोइलर पालक किसानहरुले तयारी कुखुराको मूल्य बढाउन माग गर्दै आन्दोलनमा छन् ।

    दाना तथा चल्लाको मूल्य अनुसार तयारी कुखुराको मूल्य बढाउनुपर्ने भन्दै किसानहरुले आन्दोलनलाई जारी राखेका छन् । ब्रोइलर पालक किसानले खोरै खाली गर्ने सम्मका आन्दोलन थालेपछि बजारमा तयारी कुखुराको अभाव देखिन थालेको छ । ब्रोइलर पालक किसानका माग सम्बोधन गराउने विषयमा स्थानिय सरकारले कुनै चासो नदिएको ब्रोइलरपालक किसानले गुणासो गरेका छन् । मागहरु सम्बोधन नभए अब तत्काल चरणवद्ध आन्दालेनमा जाने ब्रोइलर पालक किसान संगठन किसान सरोकार मञ्चका अध्यक्ष बिष्णुप्रसाद न्यौपानले बताए । ‘कि मूल्य बढ्छ, कि हामी खोर खाली गर्छौँ, उनले भने– किसानका समस्याप्रति सरकार पनि गम्भिर बन्नुपर्छ ।

     

    फ्रेस मासुको मूल्य पनि फरक–फरक दाङका बजारमा ब्रोइलर कुखुराको फ्रेस मासुको मूल्य पसलैपिच्छे फरक देखिएको छ । बजारमा फ्रेस मासुको मूल्य एकरुपता हुन नसक्दा उपभोक्ता मारमा परेका छन् । बजारमा प्रतिकेजी फ्रेस मासुको मूल्य २५० देखि २९० रुपैँयासम्म रहेको उपभोक्ताले गुणासो गरेका छन् । व्यवसायीहरुको आफुखुशिका कारण मूल्य कायम हुँदा समेत सम्बन्धित निकायले ध्यान दिन नसकेको तुुलसीपुर–५ मानबहादुर बिकले बताए । बजारमा ब्रोइलर कुुखुराको मूल्य ठाँउ–ठाँउमा फरक, खै स्थानिय सरकार ? उहाँले भन्न्ुभयो मूल्य एकरुपमा ल्याउन तुरुन्त पहल कदमी चालियोस् ।

    © 2025 krishipatra All right reserved