लुम्बिनी सिड कम्पनीको अत्याधुनिक भवन, विउ भण्डारण शितगृह को उद्घाटन

  • किसानका लागि विउ विउजन कार्यक्रमको अनुदान सहयोगमा निर्माण
  • बुटवल, असोज ।
    लुम्बिनी सिड कम्पनीद्धारा निर्माण गरिएको अत्याधुनिक भवन, विउ प्रसोधन, विउ परिक्षण तथा विउ भण्डारण शित गृहको उद्घाटन गरिएको छ । मायाँदेवीगाउँपालिका वडा नम्बर ८ मतकोलवामा हालै मात्र निर्माण तथा स्तरउन्नती गरिएका भौतिक संरचनाहरुको प्रदेश ५ सरकार को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मंगलबार उद्घाटन गुर्नभयो ।


    लुम्बिनी सिड कम्पनी प्रालिका अध्यक्ष तथा कृषि विज्ञ सुवासराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विउ उत्पादन, प्रशोधन र बजारीकरणमा नीजि क्षेत्रको भुमिका उल्लेखनिय रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले नीजि क्षेत्र संगको सहकार्यमा प्रदेश सरकारले आफ्नो कर्या अगाडी बढाएको भन्दै यसमा भरिपूर्ण साथ र सहयोग हुने बताउनुभएको हो ।
    किसानका लागि उन्नत विउ विजन कार्यक्रम(केयुविके)को अनुदान सहयोगमा कुल ४ करोड भन्दा बढिमा विउ प्रसोधन, विउ परिक्षण तथा विउ भण्डारण शित गृह, स्टोर तथा ग्रेडिङ्ग तथा प्याकेजिङ्ग मेसिनको उद्घाटन गरिएको हो ।

    किसानका लागि उन्नत विउ विजन कार्यक्रम(केयुविके)को ‘कृषक, कृषिक समुह, कषि सहकारी तथा कम्पनीहरुबाट उत्पादित बिउ खरिद, प्रशोधन प्याकेजिङ्ग तथा बजारीकरण’ उप–आयोजना अन्र्तगत विउ प्रसोधन, विउ परिक्षण तथा विउ भण्डारण शित गृहको निर्माण गरिएको हो ।
    यसरी स्थापना भएको विउ प्रसोधन, विउ परिक्षण तथा विउ भण्डारण शित गृह यस क्षेत्रमा पहिलो र अत्याधुनिक भएको दावि कम्पनीले गरेको छ ।
    कार्यक्रममा किसानका लागि उन्नत विउ विजन कार्यक्रम का प्रोग्राम म्यानेजर कौशलकुमार पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश ५ सरकार कृषि विकास रणनीति (एडिएस)का सल्लाहकार डिलाराम भण्डारी, किसानका लागि उन्नत विउ विजन कार्यक्रमका सल्लाहकार लिलाराम पौडेल, राष्ट्रिय गहँुवाली अनुसन्धान कार्यक्रम भैरहवाका प्रमुख शेषरमण उपाध्याय, बरिष्ठ कृषक विष्णु प्रसाद पौडेल, पञ्चराम चौधरी लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

    कार्यक्रममा बरिष्ठ किसान विष्णु प्रसाद पौडेल–तिलोत्तमा, रघुनाथ यादव–तिलोत्तमा, मथुरा पाल– मर्चवारी, विसंभर यादव–सियारी, जगत बहादुर केसी–शुद्धोधन, गणेश प्रसाद थारु–मायादवी, योगेश कुमार कुर्मी– आमेसतियालाई सम्मान गरिएको थियो । यस्तै नगद ५ हजारसहित कम्पनीका प्राविधिक खिम प्रकाश बोहोरालाई समेत सम्मान गरिएको थियो ।

    © 2024 krishipatra All right reserved