बुटवल, असोज । सियारी गाउँपालिका वडा नम्बर–७ अमुवाबजारमा रहेको जनता माध्यमिक विद्यालयमा ३ बर्षे बाली विज्ञानको पढाई हुने भएको छ । यस भन्दा पहिला ३ बर्षे पशु विज्ञान (आईएस्सीभिजी) र टेक्स कार्यक्रम अन्र्तगतको बाली र पशुतर्फ १८ महिनाको जेटिए कोर्षमा अध्यापन हुदै आएको थियो ।
पुर्व पश्चिम राजमार्गको तामनगरबाट ११ किलोमिटर दक्षिण र सिद्धार्थ राजमार्गको पत्थरडाँडाबाट ७ किलोमिटर पश्चिममा रहेको उक्त विद्यालयमा सिटिईभिटीबाट सम्बन्धन प्राप्त गरी ४० सिटमा यस क्षेत्रमा नै पहिलो पटक ३ बर्षे बाली विज्ञान(आईएस्सी एजी)मा भर्ना खुलेको हो ।
३ बर्षे बालि विज्ञानका लागि यहि असोज १७ गते देखि भर्ना खुलेको हो । फारम बुझाउने अन्तीम मिति कात्तिक १ गते सम्म कायम गरिएको छ भने प्रवेश परिक्षा यहि कात्तिक १४ गते विहिवार विहान ७ बजे कायम गरिएको विद्यालयले जनाउको छ । भने कात्तिक १५ गते देखि भर्ना कार्यक्रम र कात्तिक २४ गते देखि कक्षा सञ्चालन हुने छ ।
डिप्लोमा तहको बालि विज्ञान अध्ययनको लागि एसईई परिक्षामा अग्रेजी, गणित र विज्ञान मध्ये कुने दुबै विषयमा सी र एउटामा डि प्लस र समग्रमा २.० जिपिए ल्याएको हुुनुपर्ने विद्यालयले जनाएको छ ।
यस्तै सोही विद्यालयमा प्राविधिक एसएलसी कृषि र भेटेनरी(जेटिए)मा पनि भर्ना खुलेको छ । जसको लागि असोज १७ गते देखि कात्तिक २ गते सम्म भर्ना कार्यक्रम तय गरिएको छ भने कात्तिक १४ गते प्रवेश परिक्षा दिउसो २ बजे राखिएको छ । उक्त संकायमा अध्यानको लागि एसईईमा ई ग्रेड वा एसएलसी उत्र्तीणले पाउने छ ।