
प्रत्येक बर्ष सेपटेम्बर २८ तारिक लाई संसारभर बिश्व रेबिज दिवसको रुपमा मनाईन्छ। यस बर्षको नारा खोप लगाउं,रेबिज उन्मुलन गरौं ।Rabies Vaccinate to Eliminate हाम्रो देशमा पनि बिभिन्न कार्यक्रम गरि रेविज दिवस मनाउने गरिन्छ । रेबिज शत प्रतिसत प्राणघातक रोग हो ।यसलाई रोकथाम गर्न सकिन्छ । यस सन्र्दभमा निशुल्क रेबिज खोप जनचेतना कार्यक्रम संचालन गरिन्छ । रेविज रोग के हो र यसबाट बच्न के गर्नू पर्छ भन्ने
बारेमा केहि जानाकारी दिनु सान्र्दर्भिक हुन आउदछ ।पशुबाट मानिसमा सर्ने धेरै रोगहरु मध्ये सबैभन्दा डरलाग्दो प्राणघातक रोग नै रेविज हो । विषाणु रेब्डो भाइरस बाट लाग्ने यो घातक रोगले केन्द्रिय स्नायू प्रणालीमा असर गरि असामान्य लक्षणहरु देखा पर्दछ । त्यसैले यस रोगबाट बच्न समयमा ध्यान नदिएमा ज्यानको खतराको साथसाथै ठूलो धनजनको क्षती हून सक्दछ । यो रोग लागेर लक्षण देखिए पछि यसको कुनै उपचार छैन ।बिश्वमा करिब ५९ हजार व्यक्ती रेबिजको कारणले मृत्युभै रहेको तत्थाड्ढ छ यसमा पनि बच्चाहरुको दर बढि रहेको पाईन्छ भने नेपालमा बार्षिक सरदर १०० देखि १५० पशुहरु र १० देखि १०० मानिसको रेबिजबाट मृत्यु हुन्छ भने बार्षिक १००० पशुहरु र ३५००० मानिसहरुले रेबिज बिरुद्द खोप लगाउदछन् ।।
रेविज कसरी सर्दछ त ?
रेबिज रोग लागेको जनावरले टोकेमा त्यसको र्यालबाट रेबिज रोगको बिषाणु घाउ हुदै स्नायु प्रणालीमा प्रबेश गर्छ । यो जुनोटिक रोग हो । रोग सार्ने जनावरमा प्रमुख रुपमा वहुला कुकुर नै विशेष गरी प्रमुख रहन्छ । यसबाहेक जंगली मांसाहारी जनावर स्याल ब्वांसो, फ्याउरो, न्याउरीमुसा आदिको टोकाईबाट पनि यो रोग सर्दछ ।
एउटा बहुला कुकुरले घरपालुवा सयौंको संख्यामा पाल्तु जनावर र मानिसलाई टोकेर आक्रान्त बनाउन सक्छ । त्यसैले यस सन्दर्भमा जनसमुदाय, कुकुर पाल्ने कृषकहरु बढि चनाखो हूनू जरुरी छ
हाम्रो देशमा सामान्यतया रेविज रोगको दुई वटा चक्र बाट सरेको पाईन्छ ।
१) शहर बजार तथा गाऊंघरमा छाडा रुपमा देखिने सामुदायिक कुकुरहरु
ः जसलाई बांच्नको लागि सिनो तथा फोहोर थूपारेको स्थानमा खानाको लागि भौतारि रहेका हुन्छन् । त्यस्तै मासूको अव्यवस्थित पसलहरु भएको स्थानमा मासुको टुक्राहरु, हड्डीहरुको उचित व्यवस्थापन नभएको स्थान तथा सामुदायिक कुकुरलाई मासु काट्ने स्थानमा मासु, हड्डी फ्याकी दिने गर्दा मासु पसलको वरिपरि प्रायःगरी सामुदायिक कूकूर देख्न सकिन्छ । त्यस्तो समुहबाट रेविज रोग लागि अन्य पशू वा मानिसलाई टोकेमा रेविज रोग लाग्न सक्दछ ।
२)जंगली मांसाहारी जनावर स्याल ब्वांसो, फ्याउरो, न्याउरीमुसा आदि
लक्षणहरु ः
रोग सर्ने अवधि १४ दिन देखि २ महिना भित्र रोगको लक्षण देखा पर्दछ । तर कहिलेकांही २ महिना पछि पनि रोगको लक्षण देखा परेको पाईएको छ । मानिसलाई यो रोग लागेमा पानी देखि डराउने भएकोले यसलाई Hydrophobia पनि भनिन्छ । पशूमा यस्तो अवस्था देखिंदैन् । पशूहरुमा विभिन्न अवस्थाबाट यो रोग लाग्न सक्दछ । कूकूर तथा जंगली जनावरमा कस्ता लक्षणहरु कसरी देखिन्छन् भन्ने वारेमा उत्सुकता हूनू स्वभाविकै हो त्यसैले यस सम्बन्धमा केही चर्चा गर्नू सान्दर्भिक हून्छ । रेबिज रोग लागेका घरपालुवा जनावरहरुले निम्न रुपमा लक्षण देखिन्छन ।
@ वसाई हेराई र दैनिक चालचलनमा परिवर्तन हून्छ ।
@विरामी जस्तो देखिन्छ ।
@ मालिकले भनेको मान्दैन् र एक्लै वस्छ ।
@धेरै चन्चल देखिने वा एउटा कुनामा गएर वस्छ ।
उत्तेजित अबस्था
@ कूकूर दौडिन थाल्छ ।
@ बाटोमा पशूलाई वा मानिसलाई टोक्दै भाग्छ र र्याल काट्छ ।
@भूकीरहन्छ र लामे दुरी सम्म दौडिरहन्छ । यो अवस्था अत्यन्त खतरनाक हुन्छ ।
सुस्त अवस्था ः
@ मांसपेसीमा पक्षघात हुने ।
@ पशस्त र्याल काड्ने
@ अनौठो तरिकाले भुक्ने
@ टाउको झुकाउने, जिव्रो बाहिर निकाल्ने ।
@ हिड्न नसक्ने ।
रोग लागेको ४–१० दिनमा मृत्यु हुने गर्दछ ।
गाईभैंसीहरु यो रागबाट चांडै नै प्रभावित हुन्छन् । रोग सर्ने अवधि २ देखि १० हप्ता सम्मको हुन्छ । तर बहुला कुकुर वा जनावरले मस्तिष्कको जति नजिक टोकेको छ त्यति चांडै यो रोग देखा पर्दछ ।
लक्षणहरु
@तर्सिने, कुनैपनि वस्तुलाई हान्न खोज्ने ।
@ अनौठो तरिकाले कराउने ।
@ –याल काडिरहने, दांत किटकिटाउने ।
@ मांसपेशीमा कम्पन हुने ।
@ दानापानी नखाने
@ भुई ख्रोस्रने ।
@ गुद्दारमा पक्षघात देखिदे आदि ।
@ तुरुतुरु पिसाव गरि रहने , नउघ्राउने, आंखा रातो देखिने हुन्छ ।
रोगबाट बच्ने उपाय ः
१. कुनै पनि संकास्पद वा वहुला कुकुरले टोकेमा नआत्तिने तुरुन्तै मनतातो वा सावुन पानीले घाऊ सफा गर्ने । एन्टीसेप्टीक झोल लगाउने र जति सक्दो चांडो स्वास्थ्य केन्द्र वा अस्पतालमा जाने
२. पाल्तु कुकुरलाई ३ महिना पुगेपछि अनिवार्य रुपमा रजिष्टर पशु चिकित्सक वा आधिकारिक व्यक्तिसंग वा नजिकको भेटेरिनरी अस्पतालमा लगि रेविज विरुद्धको सुई दिनु पर्छ ।
३. घरपालुवा कुकुर वा पशुलाई जंगली जनावरबाट टाढा राख्नुपर्छ ।
४. कुनै पनि कुकुरले मानिस वा जनावरलाई टोक्दै हिंडेमा त्यसलाई नमारीकन १० दिन सम्म नियन्त्रणमा राख्नु पर्छ ।
५. वहुला कुकुर स्यालले पशुलाई टोकेमा निम्नानुसार खोपहरु पशु चिकित्सकको सल्लाह अनुसार दिनु राम्रो हुन्छ ।
०, ३, ७, १४, ३० र ६० दिनमा १ एम एल छालामा सुई दिने ।
यसरी सुई दिंदैमा पशु सुरक्षित भयो भन्नु हुंदैन । कहिलेकांही खोप दिंदै जांदा पनि पशु बहुलाउन सक्दछ किनकी केन्द्रिय स्नायू प्रणालीको जति नजिक टोकेको छ त्यति चांडै रोग लाग्न सक्ने हुंदा खोप दिंदा दिंदै पनि रोग लागि पशु मर्न सक्दछ । त्यसैले ः
@ कुकुर पाल्ने कृषकले आफुले पालेको कुकुरलाई घरको एक सदस्यको रुपमा पालन पोषण गरौं ।
@ घरपालुवा कुकुरलाई खुला रुपमा सडकमा नछोडौं ।
@ रेविज विरुद्धको खोप समयमानै रजिष्टर पशु चिकित्सक वा आधिकारिक व्यक्तिसंग वा नजिकको भेटेरिनरी अस्पतालको सल्लाह अनुसार खोप दिने वानी वसालौं ।
@ एक जनाको सानो गल्तीले समुदायका धेरैले दुःख पाउने, पशुवस्तु तथा मानिसको मृत्यु हुन सक्ने र ठुलो आर्थिक नोक्सानी हुने हुंदा समयमा नै सचेत बनौं ।
@ शहरको सडकमा सामुदायिक कुकुरको विगविगी कम गराउन सदैव होसियार बनौं ।
@ आफ्ना कुकूरलाई घरमा सिक्रीले बांधेर सामुदायिक कुकुरबाट जोगाऔं ।
@ स्थानीय पालिकाले पनि आम नागरिकलाई यस सम्बन्धमा जानाकारीमूलक सूचना प्रवाह गरि नगर र गाउंmलाई भयमुक्त बनाउन सवन्धित निकायसंग समन्वयन गरि कार्य गरेमा रेविजलाई इतिहांसमा मात्र सीमित गर्न कुनै कठिनाई हुने छैन् । यस सम्वन्धमा थप कुरा जान्न चाहेमा स्थानिय पालिकाहरु, रजिष्टर पशु चिकित्सक वा आधिकारिक व्यक्तिहरु पशुपन्छी तथा मस्त्य बिकास निर्देशनालय , तथा भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी बिकास माहाशाखा वा नजिकको भेटेरिनरी अस्पतालमा सम्पर्क गरि जानाकारी लिन सकिन्छ ।
त्यसैले नियमित र उपयुक्त रेबिज बिरुद्दको खोपले तपाई,तपाईको परिवार र तपाईको पशुको जीवन सुरक्षित हुन्छ ।