बुटवल, भदौ ।
राजधानी काठमाण्डौं बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्र ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नयाँ सञ्चालक समिति गठन भएको छ । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशका २०७३ बामोजिम गठन भएको समितिको गठन गरिएको हो ।
नयाँ गठन गरिएको समितिको अध्यक्षमा घनश्याम भुषाल रहनुभएको छ ।
यस्तै सञ्चालक सदस्यहरुमा वडा नम्बर ६ वडाअध्यक्ष जगदिशचन्द्र आचार्य, नगरपालिका प्रतिनिधि बरिष्ठ अधिकृत विष्णु प्रसाद खनाल, गोपाल पौडेल, मोतिराज शर्मा खनाल, जानकी कुमार कुँवर(थारु), बजिर शाह, भिमकान्त पन्थी रहनुभएको छ ।
यस्तै समितिको सदस्य सचिवमा राम बहादुर खत्री चयन हुनुभएको हो । कृषि विभाग हरिहर भवन काठमाण्डौका कृषि अर्थ विज्ञ श्यामराज विष्ट, नि.वर्तमान अध्यक्ष कलाधर पन्थी, बजार व्यवस्थापक राम बहदुर खत्री लगायतको विशेष उपस्थिति मा सञ्चालक समिति गठन गरिएको हो ।