पशुपंक्षी औषधी ब्यबसायी संघ, लुम्बिनीको आठौं अधिबेसन सम्पन्न

  • भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन
  • बुटवल,  भदौं ।

    नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाको आठौं अधिबेशन र्निविरोध रुपमा नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । संघको आठौं अधिवेशनले रामप्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यिय लुम्बिनी शाखाको नेतृत्व चयन गरेको छ ।

    अधिवेशन अन्तरगत तया भएको निर्वाचन कार्यक्रममा संघका सबै पदमा एकल उम्मेदवारी परेपछि नयाँ समिति र्निविरोध भएको घोषणा गरिएको थियो । निर्बाचन समितिका संयोजक सुमन अधिकारीका अनुसार संघको उपाध्यक्षमा जित बहादुर जि.सि., सचिबमा पिताम्बर खरेल, कोषाध्यक्षमा शसीधर सापकोटा, सहसचिबमा निरज पौडेल निर्र्बािचत भएका छन् । यसैगरि सदस्यहरुमा झबिन्द्र बेलबासे, गणेश भुषाल, सुर्य प्रसाद बस्याल र केशबराज भण्डारी रहेका छन् । यसैगरी अधिबेशनले बिष्णु प्रसाद रेग्मीको संयोजकत्वमा तीन सदस्यिय लेखासमिति समेत चयन गरेको छ । समितिको सदस्यहरुमा ठाकुर प्रसाद बस्याल र ज्योती प्रसाद पौडेल रहेका छन् ।

    नवनिर्वाचित कार्यसमितिलाई एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई संघका प्रदेश नं. ५ का अध्यक्ष, चित्र कुमार गौतम, संघका शाखा अध्यक्ष लक्ष्मण घिमिरे र पूर्व अध्यक्ष हुमकान्त काफ्लेले प्रमाणपत्र वितरण गरेका थिए ।

    नबनिर्र्वािचत अध्यक्ष राम प्रसाद भट्टराईले आफ्नो कार्यकालमा ब्यबसायीहरुको हक हित र दक्ष जनशक्ती बनाउन सदैब तत्पर रहने पशुपंक्षी औषधी ब्यबसायलाई सेवमुलक र गुणस्तरिय बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    यस अघि अधिवेशनको नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघका केन्द्रीय अध्यक्ष चित्र बहादुर गुरुङले उद्धघाटन गरेका थिए । अधिबेशनको उदघाटन गर्दै गुरुङले पशुपंक्षीहरुको स्वास्थ्य सेवा गर्नु निकै नै जोखिम कार्य हो भन्दै सम्बेदनशिल क्षेत्रमा बढी जिम्मेवार र होशियार पुर्बक काम गर्न आग्रह गरेका थिए ।

    यसैगरी संघ प्रदेश ५ का संयोजक चित्र कुमार गौतमले एग्रोभेट संचालन गर्दा तालिम प्राप्त दक्ष जनशक्तीबाट हुनु पर्ने वताउदै पशुपंक्षी औषधी ब्यबसायलाई गुणस्तर र सेवामुलक बनाउन आग्रह गरेका थिए ।

    कार्यक्रम संघका लुम्बिनी शाखा अध्यक्ष लक्षमण घिमिरेको अध्यक्षता, संघका उपाध्यक्ष राम प्रसाद भट्टराईको स्वागत र सचिब पिताम्बर पोख्रेलको संचालनमा भएको थियो ।

    © 2025 krishipatra All right reserved