सडक पुष्पखेती हेर्न सिन्धुपाल्चोबाट आएका किसानलाई बुटवलमा स्वागत सम्मान (तस्वीरसहित)

  • टोलीले वडा अध्यक्ष थापा संगै सडक किनारामा सयपत्री फुल रोपण समेत गरेको थियो
  • बुटवल, भदौ ।
    लुम्बिनी पुष्प व्यवसायी संघको सहयोग र स्थानिय निकायको संमन्वयन जारी रहेको पुष्प खेतीको नमुना हेर्नेको लागि विभिन्न जिल्लाबाट किसानहरु आउने क्रम बढेको छ ।
    केही समय पहिला देखि आगामी दशैं तिहार लक्षित सडक पुष्प प्रर्दशनीको लागि रोपीएका सयपत्री, मखमली लगायत विभिन्न प्रजातीका फुल(पुष्प)को विषयमा जानकारी लिनको लागि विभिन्न जिल्लाबाट किसानहरु आउने गरेको लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष तथा अभियान्ता रमेश पाण्डेले जानकारी दिए ।
    शुक्रबार सिन्धुपाल्चोक जिल्लाबाट आएका पुष्प तथा फलफुल व्यवसायीहरुले सडक किनारामा रोपीएका फुलको विषयमा जानकारी दिदै फुलका विरुवा रोपण समेत गरेका छन् । सिन्धुपाल्चोकबाट पुष्प व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद तिमिल्सीनको नेतृत्वमा आएको किसानहरुको समुहलाई बुटवल उपमानगरपालिका वडा नम्बर १० ले स्वागत तथा सम्मान समेत गरेको छ ।

    रमेश पाण्डे
    अध्यक्ष, लुम्बिनी पुष्प व्यवसायी संघ

    वडाअध्यक्ष पदम बहादुरा थापाले पुष्प व्यवसायीहरुको सक्रियतामा नगरपालिकाको सहयोग र स्थानिय टोल विकास संस्थाको सहभागीतामा पुष्प खेती गरिएको जानकारी गराएका थिए । वडा नम्बर १० को कार्यालयमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा वडा अध्यक्ष थापाले बुटवल वडा नम्बर १०, ११ र ९ नम्बर वडाको क्षेत्रमा पर्ने बुटवल–भैरहवा सिक्सलेन सडकको दुबै किनारामा दशैं तिहार लक्षित फुल खेती गरिएको जानकारी दिए ।

    खासगरी दशैं तिहारको लागि फुल आयात केही प्रतिशत सम्म रोक्नको लागि भएपनि सडक किनारामा पुष्प खेती प्रर्दशनी समेत आयोजना गर्ने तयारी गरिएको बुटवल उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष पदम बहादुर थापा को भनाई छ । सडक किनारामा पुष्प खेती गरि एउटा सन्देश प्रदान गर्नुपर्छ भन्ने अभियान थालनी गरेका लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष समेत रहेका लुम्बिनी नर्सरीका सञ्चालक तथा अभियान्ता रमेश पाण्डेले युवा वर्गहरुको पुष्प खेतीमा लगाव बढ्दै जानुपर्ने बताए ।

    खासगरी लुम्बिनीको प्रवेशद्धारकोरुपमा रहेको बुटवल देखि लुम्बिनी सम्मका सडक किनारामा पुष्प खेती गरी विश्वमा नै शान्तीको शन्देश फैलाउने उदेश्यका साथ यो अभियानको थालानी गरिएको उनको भनाई छ । सिन्धुपाल्चोकबाट आएका सिन्धुपाल्चोक पुष्प व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद तिमिल्सीनाले सडक किनारामा पनि पुष्प खेतीगर्न सकिन्छ भन्ने योजना नमुना लागेको बताएका थिए ।

    पदम थापा अध्यक्ष, वडा नम्बर १०, बुटवल उपनपा ।

    अगामी दशैं तिहारको मौसममा यसरी संरक्षण गरिएको पुष्प खेतीको मुल्यांकन गरी सोही अनुसारको समुह, टोल विकास संस्थाहरुलाई पुरस्कार समेत प्रदान गर्ने योजना रहेको सडक पुष्प खेती प्रर्दशनीकी संयोजक सृजना बस्यालले जानकारी दिईन् । कार्यक्रमा स्थानिय जनप्रतिनिधि कला केसी, पुष्प व्यवसायीहरु, नर्सरी सञ्चालकहरुको सहभागीता रहेको थियो । साथै टोलीले वडा अध्यक्ष थापा संगै सडक किनारामा सयपत्री फुल रोपण समेत गरेको थियो ।

    © 2024 krishipatra All right reserved