मत्स्य सुपरजोन रुपन्देहीको सञ्चालक समिति संयोजकमा शाही

बुटवल, १९ भदौ ।  प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्यसुपरजोन रुपन्देही) सञ्चालक समितिको संयोजकमा गणेशबहादुर शाही चयन हुनुभएको छ । विहिबार भएको साधारण सभा बाट मत्स्य जोनको समेत संयोजक रहेर जिम्मेबारी पुरा गरिसक्नुभएका शाही पुनः सुपर जोनको संयोजकमा चयन हुनुभएको हो ।


यस्तै समितिका उप संयोजकमा सुवास कुर्मी, सचिवमा गोपाल प्रसाद पाण्डे, सह–सचिवमा तारा पाण्डे चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा निमा चौधरी थारु, गोमा देवी क्षेत्री दाहाल, नारदमुनी यादव, दिपक कुमार श्रेष्ठ र कपिल न्यौपाने चयन भएको मत्स्य सुपर जोन कार्यान्वय एकाईका कायालयका मत्स्य विकास अधिकृत रमेश जैसवालले जानकारी दिनुभयो ।

© 2025 krishipatra All right reserved