बुटवल, भदौ ।
नेपाल लाईभस्टक सेक्टर ईनोभेषसन आयोजना कार्यान्वयन एकाई बुटवलको आयोजनामा कलष्टर स्तरियक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । विभिन्न सरोकारवाला व्याक्तिहरुको सहभागीतामा भएको कार्यक्रममा परियोजना ईकाई बुटवलका प्रमुख डा. विश्व त्रिपाठीले आयोजनाको विषयमा विस्तृत जानकारी प्रस्तुतीकरण गरेका थिए ।
उनले माघ ७ २०७४ सालमा सम्झौता भई २०७४ फागुन १६ गते देखि आयोजना कार्यान्वयनमा आएको जानकारी दिए । असार १५ २०८० सालमा परियोजना समाप्त हुने छ । विश्व बैंक, नेपाल सरकार, लाभदायी ग्राही, वित्तीय संस्थाहरुको संयुक्त लगानीमा खासगरी पशु पालन र दुधको क्षेत्रमा परियोजनाले काम गर्ने डा. त्रिपाठीले जानकारी दिए ।
नेपालका कुल २८ वटा जिल्लाका २ सय ९० वटा स्थानिय तहमा परियोजना सञ्चालन हुने गरी ४ वटा आयोजना व्यवस्थापन ईकाई स्थापना गरिएका छन् । जस अनुसार बुटवलमा रहेको कार्यालय एउटा विकेन्द्रीकृत सहयोग ईकाई हो ।
कार्यक्रममा बोल्दै नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना सहयोग ईकाई बुटवलका सुचना अधिकारी तथा पशु चिकित्सक लोकराज भुषालले प्रदेश ५ का रुपन्देही, परासी, गुल्मी, पाल्पा, बर्दिया, अर्घाखाँची र कपिलवस्तु जिल्लामा परियोजना लागू भएको जानकारी दिए ।
आयोजनाको उदेश्य माथि प्रकाश पार्दै बरिष्ठ अर्थ विज्ञ डा. शुसिल खड्काले पशुबस्तुहरुको उत्पादकत्व वृद्धि, पशुजन्य उत्पादनहरुको मुल्य अभिवृद्धि तथा साना पशुपालक कृषक तथा पशुबस्तु विशेष मुल्य सृङखलामा आधारित उद्यमहरुको जलयबायु अनुकुल क्षमता सुधार गर्ने रहेको जानकारी दिए ।
यो आयोजनामा नेपाल भरका कुल २८ वटा जिल्लामा ६ बर्षमा कुल १ सय १५ मिलियन अमेरिकी डलर खर्चहुने अनुमान गरिएको छ ।
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का पशु विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेल, किसानका लागि उन्नत विउ विजन कार्यक्रम बुटवलका डेपुटी प्रोग्राम मेनेजर तुलसीराम भण्डारी, लगायत आयोजना कार्यान्वयन भएका जिल्लाका पशुपालक किसानहरु, दुग्ध उत्पादक किसानहरु, लगायतका विभिन्न सरोकारवाला किसानहरुको सहभागीता रहेको थियो ।